आश्रित गुल्म रामेछापले मनायो १६ औँ स्थापना दिवस
रामेछाप । सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म रामेछापले बुधवार १६ औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी तीर्थराज पौडेलको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बलको कार्यालय परिसरमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तीर्थराज पौडेलले सीमित स्रोत साधनको बिच पनि ‘गुल्म रामेछापले’ जिल्लाको शान्ति सुरक्षा प्रदान गर्न प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा गरे । विभिन्न समयमा घटेका प्राकृतिक विपत्तिमा राहत, उद्दार लगायतका कार्यमा सशस्त्र प्रहरीले निरन्तर काम गरेको भन्दै आगामी दिनमा समेत सो कार्यलाई थप तीव्रता दिन निर्देशन दिए । ‘संगठनले विशेष प्राथबमिकतासहित निर्दिष्ट गरेका लक्ष्य प्राप्तिको लागि अगाडि सारेका अवधारणाहरूलाई सशक्त ढङ्गबाट अगाडि बढ्ने छ ।’
रामेछाप जिल्ला समन्वय उपप्रमुख प्रेम सागर थापाले देशलाई आइपरेका विपत्तिमा सशस्त्र प्रहरीले सधैँ उदाहरणीय रूपमा काम गर्दै आएको स्मरण गराउँदै जिल्लामा सशस्त्रको दिगो व्यवस्थापन गर्न आफूहरूले खेल्नु पर्ने भूमिकाको लागि सधैँ तयार रहेको प्रतिबद्धता जनाए । ‘यसका नीति, ऐन र नियमहरूमा भएका समस्याहरूलाई मिलाएर लानको लागि जिसस तयार छ ।’ तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै सशस्त्र प्रहरी बल रामेछापको भौतिक संरचणा निर्माण र व्यवस्थापन गर्नु पर्नेमा उनको जोड् छ ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले आफ्नो देश र नागरिकलाई केन्द्रमा राखेर विभिन्न समयमा गरेका कार्यबाट आफ्नो औचित्य र संगठनलाई गौरवान्वित पुष्टि गरेको भनाई राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले विषम परिस्थितिमा गर्ने कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा शान्ति सुरक्षा, विपद् व्यवस्थापनसँगै तस्करी नियन्त्रणमा थप सक्रिय भएर कार्य गर्न निर्देशित हुन आग्रह गरेका थिए । मौसम जन्य प्राकृतिक विपत्तिमा सशस्त्र प्रहरीले निकै राम्रो काम गरेको बताए । भोलिका दिनमा स्थानीय सरकारसहित सबैसँग सहकार्य गरेर थप सक्रिय रूपमा लाग्ने आग्रह गरे ।
स्थापना दिवसको अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्की, खाँडादेवी गाउँपालिका–६ माकादुमका अध्यक्ष नारायणबहादुर कार्की, जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंह, प्रमुख अनुसन्धान अधिकृत उमा अधिकारी लगायत पत्रकार÷सञ्चारकर्मी र स्थानीय अगुवाहरूको उपस्थितिमा स्थापना दिवस मनाएको थियो ।
‘बल’ले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्नुको साथै, भलिबल, टेबलटेनिस लगायतका विभिन्न खेलकुदसहित सरसफाइ गर्ने कार्यक्रमहरू समेत साता व्यापी रूपमा गरेको थियो । ‘बल’ले स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल गुल्मले विभिन्न जातीय संस्कृति झल्कने नृत्यसहित खुकुरी ड्रिल समेत प्रदर्शन गरेको थियो ।