प्रथम मरिण गोल्डकपको उपाधी बागमती युवा क्लवको पोल्टामा

सिन्धुली । मरिण गाउँपालिकाको प्रथम मरिण गोल्डकपको उपाधीका बागमती युवा क्लव सर्लाहीले जितेको छ ।
मरिण गाउँपालिका वडा नं. २ को मुङ्ग्रे खेलमैदानमा आज शुक्रबार भएको फाईनल खेलमा आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लवलाई पराजित गर्दै बागमती युवा क्ललले उपाधी जितेको हो । बागमती युवा क्ललले मुङ्ग्रे युनाईटेड युवा क्लवलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गरेको हो ।
बिजयी टिमले नगद ३ लाख रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार जितेका हो ।
उपविजेतामा चित्त बुझाएको मुङ्ग्रे युनाईटेड युवा क्लवले नगद १ लाख ५० हजार रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । विजेता र उपविजेतालाई मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान र उपाध्यक्ष विमला माझीले पुरस्कार वितरण गरेका थिए।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता र उपविजेताको छिनोफानो गरिएको हो ।
सर्बोत्कृष्ट खेलाडीले नगद १० हजार, उच्चगोल गर्ने खेलाडी ५ हजार, र स्थानिय उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाएका मुङ्ग्रे युनाईटेड युवा क्लबका अध्यक्ष ज्ञान बहादुर मुक्तानले बताए ।

प्रतियोगिता मरिण गाउँपालिकाले मुख्य प्रायोजनमा मुङ्ग्रे युनाईटेड युवा क्लवको आयोजनामा भएको थियो । गत माघ २० गतेबाट संचालन भएको खेलमा सिन्धुली, सर्लाही, मकवानपुर लगाएत जिल्लाहरुबाट ९ टिमले सहभागीता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button