काँग्रेस रामेछापले तोक्यो सम्मेलनको मिति

रामेछाप । नेपाली काँग्रेस रामेछापले ३ महिना भित्र पार्टीका विभिन्न तहका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीको अध्यक्षतामा आइतबार पार्टी कार्यालय मन्थलीमा सम्पन्न नेपाली काँग्रेस जिल्ला कार्य सम्पादन समितिको बैठकले आगामी जेष्ठ महिना भित्र जिल्लाका सवै तहका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले यहि चैत्र २३ गते जिल्लाका सवै वडाहरुमा वडा सम्मेलन गर्ने निर्णय गरेको छ । जिल्लाभरीको वडा सम्मेलन एकैदिन सम्पन्न गर्ने भएकाले बैठकले जिल्लाका ६४ वटा वडाहरुमा सम्मेलनका लागि जिल्ला प्रतिनिधिहरु समेत तोकेको छ ।
यसैगरी बैठकले आगामी बैशाख ९ गते जिल्लाका ८ वटै स्थानीय तहको सम्मेलन गर्ने मिति तय गरेको छ । बैठकले बैशाख २७ गते प्रदेश क र ख को सम्मेलन तथा जेष्ठ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने गरी मिति तय गरेको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।
नेपाली काँग्रेसको बिधान अनुसार हरेक बर्ष सम्पन्न गर्नु पर्ने बिभिन्न तहका सम्मेलनहरु यस बर्ष जेष्ठ महिना भित्र सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति कार्कीले बताए । बैठकले जेष्ठ मसान्तसम्ममा नेपाली काँग्रेस रामेछाप काठमाण्डौं सम्पर्क समितिको अधिवेशन समेत सम्पन्न गर्ने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button