ट्रक दुर्घटना हुँदा चालक घाइते

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा.नं. ५ नागदह घ्याङडाँडा स्थित ट्रक दुर्घटना भएको छ । सोमबार (आज) साँझ ७ बजेको समायमा मन्थली धोबी कच्चि सडक खण्ड अन्तर्गत ओखलढुंगा जिल्लाको खिजीफलाट बाट रामेछाप हुदै उदयपुर कटारी जादै गरेको ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परि उदयपुर जिल्ला कटारी नगरपालिका १३ घुर्मी बस्ने ट्रक चालक २६ बर्षका रुद्र बहादुर खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । ना. ८ ख. ८६४१ नं. को खालि ट्रक सडकबाट अन्दाजी ५०० मिटर तल खसी दुर्घटना हुदाँ उक्त ट्रकका चालक खत्रीको हात, ढाडमा चोट अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको खवर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय धोविबाट प्रहरी सहायक निरीक्षक ओमराज पौडेलको कमाण्डमा ५ जनाको टोली खटी घाईतेलाई तत्काल उद्धार गरीे स्थानिय मेडिकलमा उपचार गरि थप उपचारको लागी मन्थली अस्पताल पठाइएको पौडेलले जानकारी दिए ।
एक जना चालक मात्र रहेको ट्रकमा इस्टेरीङ लक भए पछि हामफालेर चालकले ज्यान बचाएको जानकारी प्रहरीले दिएको छ । दुर्घटना बाट ट्रक पुर्ण रुपका क्षति भएको र घटना बारे थप अनुसन्धान भइरहेको रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button