अखिल क्रान्तिकारीद्वारा राँके जुलुस प्रदर्शन

रामेछाप । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा रामेछापको मन्थलीमा अनेरास्ववियु (क्रान्तिकारी) द्वारा राँके जुलुस प्रदर्शन गरिएको छ।
मङ्गलवार साँझ अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरूले मन्थली बजारमा विरोध स्वरूप राँके जुलुस निकालेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘कुलमान घिसिङलाई हटाउने निर्णय खारेज गर’, ‘विद्युत् प्राधिकरणको राजनीतिकरण बन्द गर’, ‘सार्वजनिक संस्थाहरूलाई सक्षम नेतृत्व दिनु पर्छ’ जस्ता नारा लगाएका थिए।
सङ्गठनका स्थानीय नेताहरूले कुलमान घिसिङको नेतृत्वमा नेपालमा विद्युत् व्यवस्थापन सुधार भएको भन्दै उनलाई हटाउनु गलत निर्णय भएको भनेका छन्। उनीहरूले प्राधिकरणलाई राजनीतिक स्वार्थका आधारमा सञ्चालन गर्न खोजिएको आरोप लगाउँदै त्यसको व्यापक विरोध गर्ने चेतावनी पनि दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button