बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने जिल्लामै पहिलो मन्थली नगरपालिका

रामेछाप । जिल्लाका ८ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा पहिलो भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका हुन् । बागमती प्रदेश भर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा ११ औँ स्थानमा मन्थली नगरपालिका रहेको छ ।
२०७९ पुस १०–११ गते बसेको १२ औँ नगरसभाले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने निर्णय गरेको थियो । प्रतिवद्धताअनुसार २०८१ जेठ मसान्तभित्र घोषणा गर्ने योजना भए पनि कार्यान्वयन भने यस वर्ष जेठमा मात्र सम्पन्न भएको थियो ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि मन्थली नगरपालिकाले विगत दुई वर्षदेखि विविध कार्यक्रम सञ्चालन गर्दै ५१ वटा सुचकहरु सम्पन्न गरेको थियो । नगरभित्रका सबै १४ वटै वडा गत जेठ २८ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका थिए ।
यस घोषणाले बालबालिकाको हक र हितमा काम गर्दै उनिहरुको समग्र विकास र सुरक्षित वातावरण सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख लब श्रेष्ठले बताए । अब नगरपालिकाले बालबालिकाका लागि थप सुविधाहरू र कार्यक्रमहरू पनि सञ्चालन गर्ने श्रेष्ठको भनाई छ ।
प्रदेश सरकारले स्थानिय तहहरुमा राम्रो समाज, समुन्नत समाज निर्माणमा बालवालिकाको उचित व्यवस्थापन गर्नृनै भोलिका दिनहरुमा सभ्य समाज निर्माण हुने बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले बताए । यस कार्यक्रमले उत्साहित बालवालिकाको भविस्यमा समेत सहयोग पुग्नेमा उहाँको भनाई छ ।
जिल्लाको अर्को रामेछाप नगरपालिकाले भने यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको तयारीमा जुटेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button