रामेछाप अस्पतालले सुरुगर्यो एपेन्डिसाइटिसको शल्यक्रिया

रामेछाप । रामेछाप अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ, जटिल प्रकारको शल्यक्रियामा पर्ने अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताए । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै पाख्रिनले बताए ।
अस्पतालको ऐतिहासिक उपलब्धि इतिहासमै पहिलोपटक आकस्मिक शल्यक्रियाको रुपमा अपेन्डिसाइटिसको सफल शल्यक्रिया सम्पन्न गरेकोमा अस्पताल परिवारले खुशि व्यक्त गरेको छ । विभिन्न विशेषज्ञ चिकित्सकहरूको पदपूर्तिसँगै शल्यक्रियाको सम्भव भएकोले अबदेखि यस अस्पतालबाटनै जटिल मानिने विभिन्न शल्यक्रियाहरू नियमित रूपमा संचालन हुने अस्पताल प्रशासनले जनाएको छ ।
रामेछाप जिल्ला स्वास्थ्य सेवामा नयाँ अध्यायको सुरुवात गरी गुणस्तरीय, सुरक्षित र आधुनिक स्वास्थ्य सेवा दिने भरोसायोग्य केन्द्र बनेको छ । डा. सुदत श्रेष्ठ (General Surgeon) साथै डा. मुरारी ढकाल (MDGP & Emergency Medicine), डा. नविन कुमार यादव (Orthopedic Surgeon), डा. निरज श्रेष्ठ (बालरोग विशेषज्ञ), डा. राजन अधिकारी मेडिकल अधिकृत, एनेस्थेसिया : राजेश कुमार यादव, डी.बि. श्रेष्ठ, नर्सहरू : समिक्षा थापा, स्मारिका चौधरीसहितको टिमले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको हो ।



