उज्यालो नेपाल पार्टी रामेछापमा विस्तार संयोजकमा अन्जान लामा , सचिवमा राजकुमार मैनाली

रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा संगठन विस्तार गर्दै जिल्ला समिति घोषणा गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका पार्टीका संरक्षक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सोमबार सदरमुकाममा आयोजित प्रथम भेलाले अन्जान लामालाई जिल्ला संयोजक र राजकुमार मैनालीलाई सचिवमा चयन गरेको हो।
तीन महिनाअघि गठन भएको पार्टीले संघीय संरचनाअनुसार देशभर संगठन विस्तार गर्ने तयारी थालेको छ। रामेछापको नेतृत्व चयनसहित पार्टीको औपचारिक गतिविधि जिल्लामा सञ्चालन हुन थालेको नेता र कार्यकर्ताहरूले बताएका छन्।
जिल्ला समितिमा संयोजक र सचिवबाहेक अन्य सबै पदमा सदस्य मात्रै रहने गरी नाम मनोनीत गरिएको छ। समितिमा भिमबहादुर लामा, अमृत रुम्बा, विक्रम तामाङ, तिलकबहादुर तामाङ, जयराम घिसिङ, मानबहादुर तामाङ, सन्ते तामाङ, राम बल, खड्क थोकर, राजकुमार केसी, शेरबहादुर बल, सुकमान तामाङ, कुमार घिसिङ, कैलाश लामा, सुनिल लामा, नरेश तामाङ, सेर्प लामा, अर्जुन घिसिङ, मिनबहादुर घिसिङ, भक्तबहादुर श्रेष्ठ, तिर्थ थापामगर, ज्ञानबहादुर लामा र राजकुमार तामाङ मनोनित भएका छन्।
दलित र महिला सदस्य रिक्त रहेको सो समितिलाई केही समयपछि बस्ने जिल्ला बैठकमार्फत पूर्णता दिने जानकारी सचिव राजकुमार मैनालीले दिए ।
संयोजक लामा पूर्व माओवादी केन्द्रका नेता हुन् भने सचिव मैनाली नेकपा एमाले निकट युवा संघका पूर्व नेता हुन्।
बैठकमा जिल्लाका विभिन्न पालिकाबाट करिब पाँच सयको सहभागिता रहेको बताइएको छ।
रामेछापमा संगठन मजबुत बनाउँदै जिल्लास्तरका गतिविधि तीव्र पार्ने तयारीमा रहेको संयोजक लामाले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button