कुलायन गुरु दीपक खड्काका चेला परिवारको अध्यक्षमा केसी

रामेछाप । कुलायन गुरु दीपक खड्काका (चेला) परिवारको प्रथम साधारणसभाले रामजी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । लिखु तामाकोशी गाउँपालिकामा सम्पन्न सभाले उपाध्यक्षमा यामबहादुर थापा, सचिवमा सुजन जी, सहसचिवमा पुस्कर केसी र कोषाध्यक्षमा रामकुमार केसीलाई चयन गरेको हो ।
कार्यसमिति सदस्यहरूमा निरजी खड्का, सुरज खड्का, ज्ञानबहादुर बस्नेत, लालबहादुर खड्का, मानबहादुर खड्का, विष्णुप्रसाद बोहरा, कृष्णकुमार खड्का र कुमारप्रसाद चौलागाईं चुनिएका छन् । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आध्यात्मिक तथा सामाजिक गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा विशेष अतिथि कुलायन गुरु दीपक खत्री, अधिवक्ता शम्भुप्रसाद फुयाँल, विष्णु कार्की र सल्लाहकार कृष्णबहादुर कार्की लगायतको उपस्थिति थियो । नवनिर्वाचित अध्यक्ष केसीले संगठनलाई सुदृढ बनाउँदै सामाजिक सेवा र आध्यात्मिक चेतना विस्तारमा लाग्ने बताए । साधारणसभामा गुरु खत्रीका अनुयायी तथा चेलाहरूको उल्लेख्य सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button