अवैध ढुंगा उत्खननमा प्रयोग भएको ट्र्याक्टर नियन्त्रणमा

रामेछाप — रामेछापको मन्थली नगरपालिका–८ स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा ढुंगा उत्खनन गरिरहेको एउटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार दिउँसो करिब ३ः४० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नदीजन्य पदार्थ उत्खननमा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीले मन्थली नगरपालिका–२ का ४१ वर्षीय शिवकुमार कार्कीले चलाएको ना ६ त ६६२८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ। उक्त ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि मन्थली नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधकारी एवम् प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button