मुख्यमन्त्री बानियाँद्वारा कर्मचुली जुइना सुकौरा खोला पक्की पुल शिलान्यास
गन्तब्य
मकवानपुर । जिल्लाको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कर्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुलको शिलान्यास गरेका हुन् । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो…
Read More »कालिका माविले उचाल्यो छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि
अन्य
रामेछाप । दोरम्बा–शैलुङ गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्डको कालिका माध्यमिक विद्यालय, वडा नं. ६ ले उचालेको छ । प्रतियोगिताभरि अनुशासन र खेलप्रति समर्पण प्रस्तुत गरेको कालिका माविले यसपालिको रनिङ शिल्डलाई मात्र होइन, गाउँपालिकाभित्रको खेलकुद क्षमतालाई पनि नयाँ स्तरमा पु¥याएको छ।कालिका माविले १३ स्वर्ण, ८ रजत र १२ कास्य पदक जितेर विजेताको स्थान ओगट्यो। विद्यार्थीहरूको तयारी, प्रतिबद्धता र सामूहिक भावनाले विद्यालयलाई…
Read More »रामेछापका सुनापतिमा निःशुल्क आयुर्वेदिक उपचार शिविर, २ सयले लिए स्वास्थ्य सेवा
गन्तब्य
रामेछाप । सुनापति गाउँपालिकासँगको सहकार्यमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार सुनापति गाउँपालिकाको केन्द्र हिलेदेविमा एक दिने निःशुल्क स्वास्थ्य उपचार शिविर आयोजना गरेको छ । गाउँपालिकाको अस्पतालमा भएको शिविरमा करिब २ सय जना बिरामीले स्वास्थ्य सेवा लिनुभएको छ । शिविर शुभारम्भ कार्यक्रम गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाईँ, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्ष…
Read More »संसद् पुनस्थापना माग गर्दै एमालेले जनप्रदर्शन गर्ने
अन्य
रामेछाप । संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनका मागसहित नेकपा एमाले रामेछापले आज मन्थलीमा वृहत् जनप्रदर्शन र जनसभा आयोजना गर्ने भएको छ। पार्टीले शुक्रबार बिहान मन्थलीस्थित कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका सबै तयारी पूरा भएको जनाएको छ।एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार जिल्लाका आठवटै स्थानीय तह, ६४ वडा कमिटी र विभिन्न जनसंगठनमार्फत करिब २ हजारभन्दा बढी कार्यकर्ता प्रदर्शनमा सहभागी हुनेछन्।…
Read More »नेपाल बाल संगठन रामेछापको अध्यक्षमा घिमिरे
गन्तब्य
रामेछाप । नेपाल बाल संगठन, जिल्ला कार्य समितिको शुक्रवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले सुन्दर घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि पूर्ण समिति अनुमोदन गरेको हो। यसअघि तदर्थ समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका घिमिरेले पुनः नेतृत्व पाएका छन्।निर्वाचित उपाध्यक्षमा द्वारिका कार्की, सचिवमा पवन घिमिरे र कोषाध्यक्षमा पुरुषोत्तम बुढाथोकी रहेका छन्। त्यस्तै सदस्यहरूमा सीता पुरी,…
Read More »दोरम्बा शैलुङःछैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कण्ठेश्वर र कालिका बीच कडा प्रतिस्पर्धा
खेलकुद
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा बिहिवार देखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा जारी छ। गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच हुने यो वार्षिक प्रतिस्पर्धामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। उद्घाटनसँगै विभिन्न विधाका खेलहरू सम्पन्न भई प्रारम्भिक पदक तालिका सार्वजनिक गरिएको छ।श्री कण्ठेश्वर माध्यमिक विद्यालय वडा नं. ३ पहिलो दिनमै अग्रस्थानमा देखिएको थियो। विद्यालयले ९ स्वर्ण, ४ रजत र ५…
Read More »सितारामको सहयोगमा १८ जना बालबालिकलाई विद्यालय पोशाक वितरण
गन्तब्य
रामेछाप । जिल्लाको श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा अध्यनरत १८ जना टुहुरा, असहाय तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।रामेछाप नगरपालिका ८ निवासी सिताराम श्रेष्ठ हाल कामको शिलशिलामा जापानमा छन् । सितारामका आमा छत्र कुमारी श्रेष्ठले विद्यालयमा एक कार्यक्रम बीच पुगेर सर्ट, पाईन्ट, जुत्ता, मोजा र झोला बालबालिकालाई हस्तान्तरण गर्नु भयो ।सिताराम आफैले अध्यन गरेको विद्यालयका टुहुरा, असहाय तथा…
Read More »दोरम्बा शैलुङमा छैठौ राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलको पहिलो दिनमै कण्ठेस्वर मा बि लाई ९ स्वर्ण,
खेलकुद
रामेछाप– दोरम्बा शैलुङ गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तर्गत गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने छौठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार देखि सुरु भएको हो । दोरम्बा शैलुङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजान मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले प्रतियोगिताको उद्घाटन गरेका हुन्…
Read More »कृष्णपुरी माविले उचाल्यो सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि
कला
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले उचाल्न सफल भएको । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले जितेको छ। त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको हो भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २…
Read More »जिल्लामा पहिलो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउँपालिकामा सुरु
खेलकुद
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका…
Read More »