सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख २० हजार ८०० रुपैयाँ
अर्थ
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको…
Read More »नवराज विकसहित ६ जनाको हत्याको मुद्दामा निरन्तर सुनुवाइ आजदेखि
समाचार
काठमाडौँ । रुकुममा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आइतबारदेखि हुने भएको छ। रुकुम पश्चिम जिल्ला अदालतमा अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो। सुनुवाइ जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हुन लागेको हो। सुनुवाइको लागि आज पहिलो दिन सरकारी वकिल र पीडित पक्षका कानुन…
Read More »थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसले किन गर्यो सम्मान ?
ब्यानर न्युज
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थुनामा रहेका खाँडलाई शनिवार कांग्रेस प्रदेश समितीले सम्मान गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । रामकृष्ण रुपन्देही काँग्रेस सभापति पनि हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण…
Read More »राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक
राजनीति
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भई मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ । राजनीतिक दल दर्ता भए पश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन…
Read More »काँग्रेस ‘प्रचण्ड’ पथको भरिया बनेको छ : ओली
ब्यानर न्युज
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबी गरेका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले ‘प्रचण्ड’ सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैँ ढल्ने दाबी गरे । उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौँ । यहीबीचमा यो सरकार…
Read More »नौं हजार भूकम्पपीडितका लागि २२ करोड निकासा
ब्यानर न्युज
काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका…
Read More »नगद लाभांश पारित गर्न निफ्राले बोलायो वार्षिक साधारण सभा
अर्थ
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ( निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू छनोट गर्न निर्वाचन समेत हुने बैंकले एक सूचनामार्फत जनाएको छ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत…
Read More »युद्धविराम सकिएसँगै दक्षिणी गाजामा हवाई आक्रमण शुरु
विदेश
काठमाडौँ । इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण…
Read More »गभर्नर अधिकारीले भने- बैंकहरुले धेरै ब्याज लिएको भए उजुरी गर्नुस्
अर्थ
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् । आर्थिक पत्रकार समाज सेजनको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए…
Read More »१४ निर्माण कम्पनी कालोसूचीमा (सुचनासहित)
समाचार
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको छ । कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ । सूचनामा भनिएको छ, “कालोसूचीमा राखिएको सूचना तपसिलका सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम यस…
Read More »