सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख २० हजार ८०० रुपैयाँ

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ ।
चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।