कृषि
गाई किन्नेदेखि गोठ सुधारसम्म मेलुङको अनुदान
जिल्लाको मेलुङ गाउँपालिकामा एक घर, एक गाईपालन अभियान सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष सुरु भएयता कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यसहित आर्थिक अवस्थालाई अझै मजवुत बनाउन यो अभियान थालनी गरेको हो ।किसानलाई पशुपालनमार्फत आत्मनिर्भर बनाउन पालिकाले जर्सी गाई किन्न ५० हजार सम्म अनुदान दिने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । उनले भने, ‘एक घर, एक गाईपालन अभियानमा हामीले कृषकलाई…
Read More »किसानका लागि कृषि तथा लघु उद्यम प्रर्दशनी
रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको छ । प्रर्दशनीको उद्घाटन प्रमुख अतिथि ऊर्जा ,जलश्रोत तथा सिँचाइ राज्य मन्त्री कान्छाराम तमाङ्गले पानसमा बत्ती बालेर गरे ।प्रमुख अतिथि तामाङले मन्थली नगरपालिकाले गर्न लागेको मेला तथा प्रर्दशनीले मन्थली नगरपालिकाको आर्थिक सम्वृद्धिको आधारशिला निर्माण गर्ने विश्वास व्यक्त गरे । नगरपालिकाले आफ्नै लगानीमा कृषकहरूको…
Read More »शैक्षिक सुधारका लागि सिकाई मेला
रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा गोकुलगंगा गाउँपालिकाले पालिकामा भएका ३३ वटा विद्यालयहरूलाई सहभागी गराएर प्रारम्भिक बालविकास सिकाई मेला–२०८१ को आयोजना गरेको हो ।मेलामा बालबालिकाहरू द्वारा निर्माण गरिएका शिक्षण सिकाई क्रियाकलाप अन्तर्गतका सामाग्रीहरू र परम्परागत समाग्रीहरु…
Read More »जुनार कृषकलाई विषादी वितरण
रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनीे बताउँछन् । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको…
Read More »देश विकासमा सबैको सहकार्य आवश्यक– नगर प्रमुख श्रेष्ठ
मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामा आफ्नो भनाई राख्दै नगर प्रमुख श्रेष्ठले देश विकासमा सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताएका हुन् । नगर प्रमुख श्रेष्ठले पछिल्लो समयमा विकास गर्ने जिम्मा सरकारको मात्रै…
Read More »कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका हुन् । डा. आरजु देउवा राणा परराष्ट्र मन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी हुन् । शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग…
Read More »हेफरको कारणले रित्तियो किसानको खोर
रामेछाप । कृषिमा क्रान्ति गरी किसानलाई समृद्ध बनाउँछु भनेर मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर नै रित्तो बनेको छ । बाख्रा पालेर घर समृद्ध हुन्छ भन्ने सपना देखाएर हेफरले मन्थली नगरपालिका वडा नं. ८ का किसानको खोर नै रित्तो बनाई दिएको छ ।मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज…
Read More »खाँडीबाट फर्केर खेती किसानी
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर ।पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुर खड्का कहिले साउदी, कहिले मलेसिया, कहिले कतार लगायतका खाँडी मुलुक लगायत देशमा पुगे । गाउँमा रोजगारीको अवसर नपाए पछि अरबमा आफ्नो श्रम…
Read More »मकैमा फौजी किराको आतङ्क, किरा टिपेर बित्छ सुनिताको दिन
रामेछाप । रामेछाप नगरपालिका–७ बस्ने सुनिता तामाङ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित छिन् । सुनिताको दिन आजभोलि दिउँसोको समयमा मकै बारीमा फैलिएको किरा टिपेर बित्ने गरेको छ । दिउँसो मकैको गुभा भित्र लुकेर बसेको किरा खोजेर नष्ट गर्ने गरेको उनी बताउँछिन् । यो किराले दिउँसो भन्दा रातको समयमा मकैको बोटलाई क्षति गर्ने गरेको उनको भनाई छ ।हरियाली बनेको…
Read More »बहुउपयोगी मोरिंगा खेती
मोरिंगा के हो ?मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढि किसिमको पोषण तत्व र ४६ किसीमका एन्टी अक्सिडेन्ट पाइने ,तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने र छिटो बाली लिन सकिने यो खाद्य पदार्थ ,औषधी ,रंग ,घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अत्यन्त अपहेलित (नेपालको सन्र्दभमा ) बाली हो । यसको उत्पति हिमालयको दक्षिणी भेगमा…
Read More »