ब्यानर न्युज
प्रिन्सिपल खड्का र तामाकोसी बोर्डिङको लोभलाग्दो यात्रा
रामेछाप । काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबको हल गर्मीका बीच पनि असार १३ गते एउटा फरक ऊर्जाले गुञ्जायमान थियो। देशभरिका शिक्षाप्रेमी, बौद्धिक व्यक्तित्व र वरिष्ठ स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा रामेछाप जिल्लाको नाम गर्वका साथ उच्चारण गरियो।अवसर थियो, फोकस नेपालद्वारा आयोजित “शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह“।‘समृद्धिका…
Read More »दोरम्बा शैलुङको बजेट ६० करोड १४ लाख
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड १४ लाख रुपैयाँभन्दा बढीको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९औँ अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले आगामी वर्षका लागि कुल ६० करोड १४ लाख ८३ हजार ५ सय ५० रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।चालू कार्यकालको नीति तथा कार्यक्रमसहितको यो अन्तिम…
Read More »मन्थली नगर पूर्ण खोप सुनिश्चित घोषणा
रामेछाप । रामेछापको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। नगरभित्रका जन्मिनेदेखि ५९ महिना (५ वर्ष) सम्मका कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको सुनिश्चित गर्दै मन्थलीलाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका’ घोषणा गरिएको छ।शनिबार आयोजित एक विशेष समारोहका बीच जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जनस्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झाले संयुक्त…
Read More »अझै बेलिब्रिजकै भरमा सिङ्गो जिल्ला
रामेछाप । २०८१ असोज दोस्रो साता (१०–१२ गते) सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । अविरल वर्षा र सुनकोशी नदीमा आएको अभूतपूर्व बाढीले रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको पक्की पुलको आधा भाग गल्र्यामगुर्लुम ढल्दा केवल एउटा कंक्रिटको संरचना मात्र भत्किएन, रामेछाप, दोलखा र ओखलढुङ्गाका लाखौँ नागरिकको राजधानी काठमाडौँसँगको सहज पहुँच पनि सँगै बग्यो ।एसियाली विकास बैंकको १७ करोड रुपैयाँभन्दा बढीको…
Read More »गाउँमै उद्यमको ढोका खोल्दै कुवुकास्थलीका स्थानीय
रामेछाप । कुनै समय ग्रामीण भेगमा घरायसी प्रयोजनका लागि डोको, डालो र नाम्लो बुन्नमा मात्र सीमित रहेको बाँसको उपयोग अचेल आधुनिक हस्तकलाका सामग्री निर्माणमा हुन थालेको छ। रामेछापको दुर्गम तथा विकट मानिने उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ कुवुकास्थलीका स्थानीयहरू अहिले परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यावसायिक उद्यमको बाटोमा अगाडि बढेका छन्।उद्योग तथा वाणिज्य कार्यालय रामेछापको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कुवुकास्थलीमा सञ्चालित…
Read More »उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । शनिबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे ।भौगोलिक रूपमा विकट यस गाउँपालिकाले चालु आर्थिक वर्षको चैत १२ गतेभित्रै सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य राखेको थियो । सोही…
Read More »‘भाषा जोगाउनु देशको सीमा रक्षा गरेजस्तै हो’
रामेछाप । देशको भूगोल र सीमा जोगाउन जति संवेदनशील हुनुपर्छ, बहुजातीय मुलुकका विभिन्न भाषा र संस्कृति जोगाउनु पनि त्यत्तिकै आवश्यक रहेको रामेछापका सरोकारवालाहरूले औंल्याएका छन् ।नेवाः देय दबू संघीय समितिद्वारा शनिबार सदरमुकाम मन्थलीमा आयोजित ‘सरकारी कामकाजमा भाषा ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी योजना’ सम्बन्धी अन्तक्र्रियाका सहभागीले भाषा संरक्षणका लागि ऐनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिएका हुन् । बहुभाषिक…
Read More »रामेछापमा एसइईको ‘चार जिपिए’ उत्सव, बोर्डिङको निरन्तर दबदबा र ग्रामीण शिक्षाको बदलिँदो चित्र
रामेछाप । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले रामेछापमा शिक्षा क्षेत्रको एउटा रोचक चित्र देखाएको छ । जिल्लाका १० विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थी सार्वजनिक भएपछि शिक्षा क्षेत्रमा उत्साह मात्र होइन, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा पनि बढेको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयबाट कुल ३६ जना विद्यार्थीले ४…
Read More »कालिका मा.बि. रिष्ठेमा श्रमबार सुरु
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेस्थित कालिका माध्यमिक विद्यालयले श्रमबार सुरु गरेको छ। प्रत्येक महिनाको अन्तिम शनिबार विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय, समाजसेवी र जनप्रतिनिधि लगायतको उपस्थितिमा श्रम गर्ने विद्यालयका प्रधानाध्यापक एन प्रसाद ढुंगेलले जानकारी दिए। ढुंगेलका अनुसार श्रमबारको दिन विद्यालयको वरिपरि सरसफाइ गर्ने, फूलबारी बगैँचा बनाएर हरियाली वातावरण बनाउने साथै विद्यार्थीहरूलाई श्रमसँग जोडिने सिकाइ सिकाउने लक्ष्य…
Read More »चुनौतीका चाङबीच सम्भावनाको खोजी
रामेछाप । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर सदरमुकाम मन्थलीमा आइतबार “स्थानीय पत्रकारितामा प्रेस स्वतन्त्रता र चुनौतीको अवस्था“ बिषयक महत्त्वपूर्ण बहस संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा भएको यस अन्तरक्रियामा सहभागीहरूले पत्रकारिता क्षेत्रले भोग्नुपरेका बहुआयामिक संकट र आगामी बाटोबारे गम्भीर विमर्श गरे।कार्यक्रममा पत्रकार महासंघको वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक मात्र गरिएन, जिल्लाको समग्र सञ्चार…
Read More »