ब्यानर न्युज

  • ‘२०८४ मा माओवादी केन्द्रले एक्लै सरकार बनाउँछ’ भुषाल


    रामेछाप । द्वन्द्वका समयमा सहिद भएकाहरूको सपना पुरा गर्न सहिदका परिवार तथा आफन्तहरूको सल्लाह सुझाव संकलन गरी सोही मर्म अनुरूप आगामी दिनमा अगाडी बढ्ने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले बताएकी छिन् । बिहीवार दोरम्बा शैलुङ गाउँपालिकाको दोस्रो सम्मेलनलाई तथा ३० औँ जनयुद्ध दिवसलाई संवोधन गर्दै भुषालले आगामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै २०६४…

    Read More »
  • २८ वर्ष पार गर्यो जगदीशको सपना


    रामेछाप । रामेछापका लागि सहकारी अभियन्ता जगदीश घिमिरेको सपनाले २८ वर्ष पार गरेको छ। एघार हजार पुँजीबाट सुरु भएको एक सहकारी हाल अर्बौँ पुँजीको भएको छ । तामाकोसी सेवा समितिका ११ जना कर्मचारी एवम् स्वयंसेवकहरूले एक–एक हजार उठाएर सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको पुँजी १ अर्ब नाघेको संस्थाको २८ औँ स्थापना दिवसमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले…

    Read More »
  • माघ १६ देखि २६ सम्म रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने


    रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवर्धनको लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । माघ १६ देखि २६ सम्म ११ दिने मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी मेलको तयारीका बारे संघले जानकारी गराएको हो । मेलामा कृषि, घरेलु उत्पादन, स्थानीय जडीबुटी लगायतलाई प्राथमिकता दिइएको…

    Read More »
  • गाई किन्नेदेखि गोठ सुधारसम्म मेलुङको अनुदान


    जिल्लाको मेलुङ गाउँपालिकामा एक घर, एक गाईपालन अभियान सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष सुरु भएयता कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यसहित आर्थिक अवस्थालाई अझै मजवुत बनाउन यो अभियान थालनी गरेको हो ।किसानलाई पशुपालनमार्फत आत्मनिर्भर बनाउन पालिकाले जर्सी गाई किन्न ५० हजार सम्म अनुदान दिने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । उनले भने, ‘एक घर, एक गाईपालन अभियानमा हामीले कृषकलाई…

    Read More »
  • प्रदेशलाई  पूर्ण अधिकार नदिँदा संघीयता कार्यान्वयनमा आउन सकेन ः मन्त्री खड्गी 


    संघीय सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार नदिँदा गर्न सक्ने जति काम गर्न नसकिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गीले बताएकी छिन् । पूर्ण अधिकार नपाउँदा प्रदेशले सोचे अनुसारका कामहरू गर्न नसकेको उनको भनाइ छ । उनले भनिन् “हुन त प्रदेश संरचना बनेको ७ वर्ष भइसक्यो । तर अझै प्रदेशहरूले संरचना अनुसारका पूर्ण अधिकार पाउन सकेका छैनन् । जसका…

    Read More »
  • २८ फिट अग्लो शिवको मुर्ति शिलान्यास


    रामेछाप । जिल्लाको सुनापति गाउपालिका वडा नम्बर ३ र ५ को संगम स्थल सुनापति डाँडामा शिवको मुर्ति सिलान्यास भएको छ । सुनापति डाँडा निर्माण हुन लागेको २८ फिट अग्लो शिवको मुर्ति शिलान्यास गाउँपालिका अध्यक्ष ठुलाे कान्छा तामाङले गरेका थिए । मंगलबार मुर्ती शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले रामेछाप जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा चिनाउन गाउँपालिकाले पर्यटन प्रबर्द्धनमा मुख्य…

    Read More »
  • संरक्षणको पर्खाईमा चिसापानी गढी


    नवराज पथिक , रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा बसेको छ । राज्यको तर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानी गढी ओझेलमा परेको छ ।अङ्ग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुली गढीको सहायक गढी रामेछापको चिसापानी गढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ ।नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान…

    Read More »
  • मन्थली नगरको ’ड्रिम प्रोजेक्ट’, लक्ष भन्दा उल्टो बाटोमा


    रामेछाप । मन्थली नगरपालिकाको भर्खरै सम्पन्न हिउँदे अधिवेशनमा अधिवेशनका निर्णयमा भन्दा बढी चर्चा तीनलाल पार्कको विषयमा भएको छ ।मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको पालामा सुरु गरिएको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क अहिले मन्थली पार्क इन प्राइभेट लिमिटेड नामबाट सञ्चालनमा छ । नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र…

    Read More »
  • गुनासोको पोको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीलाई


    रामेछाप । जिल्लामा पशु सेवा कार्यालय नहुँदा समस्या भएको गुनासो रामेछापका उद्योगी तथा व्यवसायीहरूले गरेका छन् । आइतबार सदरमुकाम मन्थलीमा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।जिल्लामा पशु सेवा कार्यालय नहुँदा पशुपन्छी जन्य उद्योगहरू स्थापना गर्न, पशुपन्छीको निकासी पैठारी र बिक्री वितरण अनुमतिका लागि विभिन्न…

    Read More »
  • अनलाइन मार्फत नागरिकताको सिफारिस सुरु


    रामेछाप । रामेछापमा आइतबारबाट अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा सुरु भएको छ । नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा मन्थली नगरपालिका–८ चिसापानीबाट सुरु भएको छ…

    Read More »
Back to top button