समाचार
एआई प्रविधिले पत्रकारितालाई सशक्त बनाउने उद्देश्यसहित मन्थलीमा तालिम सम्पन्न
रामेछाप । पत्रकारितामा प्रविधिको प्रयोग बढाउँदै स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ मन्थलीमा तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घ रामेछापको सहकार्यमा आयोजित तालिममा जिल्लाका २७ भन्दा बढी पत्रकार सहभागी थिए । तालिममार्फत पत्रकारितामा एआईको प्रयोगले समाचार उत्पादनलाई कसरी प्रभावकारी, छरितो र विश्वसनीय बनाउन सकिन्छ भन्ने…
Read More »श्री बाल मा.वि. भिरकोटको स्वर्ण जयन्ती (golden Jubilee) विशेष कार्यक्रम आयोजना हुँदै
रामेछाप । सुनापति गाउँपालिका–५ भिरकोटस्थित श्री बाल माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको उपलक्ष्यमा “Golden Jubilee” अर्थात् स्वर्ण जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।विद्यालयको शैक्षिक इतिहास, योगदान र उपलब्धिलाई स्मरण गर्दै भव्य रूपमा स्वर्ण जयन्ती मनाउने तयारी गरिएको विद्यालयले जनाएको छ । उक्त अवसरमा विद्यालयबाट अध्ययन गरी हाल विभिन्न राजनीतिक क्षेत्र, देशका उच्च ओहदा, निजामती सेवा,…
Read More »रामेछाप एमाले सचिवालय गठन विवादको केन्द्रबिन्दुमाः “विधानमाथि आसेपासेको कब्जा”
रामेछाप । रामेछापको नेकपा (एमाले) जिल्ला कमिटिको पदाधिकारी बैठकले २७ सदस्यको नयाँ जिल्ला सचिवालय गठन गरेसँगै पार्टीभित्र चौतर्फी विरोध सुरु भएको छ। बैठकले ८ जना आमन्त्रित सदस्य मनोनित गरेको छ भने १०२ सदस्यको सल्लाहकार परिषद् गठन गरेको छ। तर, यी निर्णयले पार्टीको आन्तरिक विधान र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको आरोप छ।जिल्ला कमिटी सदस्य तथा युवा नेता अमित कार्कीले सचिवालय गठन…
Read More »सुनापति अध्यक्ष तामाङको स्पष्ट सन्देश– ‘वाचा होइन, परिणाम देखिन्छ’
रामेछाप । सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावी प्रतिबद्धतालाई भाषणमा सीमित नराखी व्यवहारमा उतारिरहेको दाबी गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले ‘गफ कम, काम धेरै’ नै सुनापति गाउँपालिकाको कार्यशैली भएको बताए । बिहीबार वडा नं. ५ खनियापानीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष तामाङले विकासका काम परिणाममुखी…
Read More »गोकुलगंगाका कागजात डिजिटल सुरक्षित हुँदै
रामेछाप । वि.सं. २०७४ सालदेखि २०८१ असार मसान्तसम्म गोकुलगङ्गा गाउँपालिकामा सिर्जना भएका सम्पूर्ण सरकारी कागजात अब डिजिटल रूपमा सुरक्षित हुने भएका छन्। जेन्जी आन्दोलनका क्रममा अन्यत्रका गाउँपालिकासहित विभिन्न कार्यालयका कागजात जलेर नष्ट भएपछि गोकुलगङ्गा गाउँपालिकाले कागजपत्र डिजिटलाइजेसनको काम सुरु गरेको हो। राष्ट्रिय सूचना प्रविधि केन्द्रको समन्वयमा अघि बढाइएको यो अभियान दुई महिनाभित्रै सम्पन्न हुने लक्ष्य पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
Read More »उमाकुण्डमा एथलेटिक्सका लागि सातदिने आधारभूत प्रशिक्षण सुरु
रामेछाप । उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एथलेटिक्स विधामा सातदिने आधारभूत प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रमले विद्यालय तथा स्थानीय तहमा खेलकुद विकासलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ ।गाउँपालिकाको केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले खेलकुदलाई केवल मनोरञ्जनका रूपमा…
Read More »एमाले निकट व्यवसायी कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश
रामेछाप । नेकपा एमाले निकट व्यवसायी तथा रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार मन्थलीस्थित बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै उनी औपचारिक रूपमा काँग्रेसमा आबद्ध भएका हुन् । श्रेष्ठलाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूले स्वागत…
Read More »रामेछाप बचत संघको साधारण सभा सम्पन्न
रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १८औँ वार्षिक साधारण सभा मंगलबार मन्थलीमा सम्पन्न भएको छ। सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे छलफल गर्दै सभा सम्पन्न भएको हो।सभाको उद्घाटन समारोहमा बोल्दै बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी संस्थाहरूले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। उनले सहकारी अभियानप्रति जनविश्वास अझ मजबुत बनाउन नीति, विधि र…
Read More »रामेछापका गेल्जे लामा (शेर्पा) नेपाली काँग्रेसको समानुपातिक सूचीमा
रामेछाप — रामेछापका गेल्जे लामा (शेर्पा) आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिक तर्फको बन्द सूचीमा समावेश हुनुभएको छ। नेपाली काँग्रेस केन्द्रीय समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा रामेछापबाट शेर्पा जनजाति क्लष्टरअन्तर्गत लामा शेर्पाको नाम समावेश गरिएको हो। रामेछाप जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएका लामा शेर्पा हाल नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनबाट…
Read More »मन्थली खानेपानी समितिको सदस्यमा दिनेश सुवेदी निर्वाचित
रामेछाप । मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति एरिया नं १ को सदस्य पदमा दिनेश सुवेदी निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी विजय सुवेदीले ४४ मत प्राप्त गरेका भने १० मतको अन्तरले पराजित गर्दै ५४ मत प्राप्त गरेका हुन् । उक्त निर्वाचनमा कूल ९९ मत खसेको थियो भने १ मत खाली रह्यो। शनिबार सम्पन्न एरिया नं १ का कूल १३३ मतदाता…
Read More »