श्री बाल मा.वि. भिरकोटको स्वर्ण जयन्ती (golden Jubilee) विशेष कार्यक्रम आयोजना हुँदै

रामेछाप । सुनापति गाउँपालिका–५ भिरकोटस्थित श्री बाल माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको उपलक्ष्यमा “Golden Jubilee” अर्थात् स्वर्ण जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
विद्यालयको शैक्षिक इतिहास, योगदान र उपलब्धिलाई स्मरण गर्दै भव्य रूपमा स्वर्ण जयन्ती मनाउने तयारी गरिएको विद्यालयले जनाएको छ । उक्त अवसरमा विद्यालयबाट अध्ययन गरी हाल विभिन्न राजनीतिक क्षेत्र, देशका उच्च ओहदा, निजामती सेवा, स्वास्थ्य तथा आयुर्वेद सेवा, शिक्षक सेवा, सैनिक, प्रहरी, कानुनी, वायु सेवा, विभिन्न संस्थान, इन्जिनियरिङ तथा प्राविधिक सेवा, गीत÷संगीत, कलाकारिता, पत्रकारिता, पशु सेवा लगायत अन्य सेवामा स्थायी रूपमा कार्यरत पूर्व विद्यार्थी तथा विद्यालयको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउँदै आएका सहयोगी महानुभावहरूको विवरण संकलन गरि विशेष कार्यक्रम गर्ने भएको छ ।
विद्यालय प्रशासनले यस्ता व्यक्तिहरूलाई आफ्नो पूरा नाम थर, स्थायी ठेगाना, संलग्न पेशा वा सेवा क्षेत्र, कार्यरत कार्यालय, पद तथा सम्पर्क नम्बर यथाशीघ्र उपलब्ध गराइदिन आग्रह गरेको छ । आवश्यक विवरण विद्यालयका प्रतिनिधि, आफू, विद्यालयका प्रधानाध्यापक चक्र बहादुर मानन्धर तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु लामासंग सम्पर्क गर्न अनुरोध गरेको । कार्यक्रमको समय मिति भने विवरण संकलन पछि तय गरिने विद्यालयले जानकारी दिएको छ ।
स्वर्ण जयन्ती कार्यक्रमले विद्यालयको गौरवशाली इतिहास उजागर गर्नुका साथै भावी शैक्षिक विकासमा नयाँ ऊर्जा प्रदान गर्ने विश्वास विद्यालय परिवारले लिएको छ ।



