खेलकुद
सुनापति रनिङ शिल्डको उपाधि पशुपति माविलाई
रामेछाप । सुनापति गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति माध्यमिक विद्यालयले जितेको छ । पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै पशुपति माविले उपाधि जितेको हो ।गत शनिवारदेखि सुरु भएको खेलमा पशुपति माविले प्रथम हुँदै नगद २० हजार सहित शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । पशुपति माविले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको थियो…
Read More »सुनापती गाउँपालिकामा मंसिर २३ देखि पाँचौ सुनापती राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
२२ मंसिर, रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा शनिवार (भोली) देखि पाँचौ सुनापती राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सुनापतीमा रनिङ शिल्ड प्रतियोगिता मंसिर २३ देखि २५ गते सम्म तीन दिनसम्म चल्ने छ । सुनापती गाउँपालिकाको सुनापती खेल मैदान हिलेदेवी ३ साँदि डाँडामा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १० विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिने सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदीप…
Read More »गोलन्जोर गाउँपालिकामा पुस १३ देखि १५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
सिन्धुलि । गोलन्जोर गाउँपालिकामा पुस १३ देखि १५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । गोलन्जोर गाउँपालिका वडा नं. ६ हैवार बेसीको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।गाउँपालिका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुस्कर) , प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकरा , शिक्षा शाखा प्रमुख तथा खेलकुद विकास समिति सदस्यहरू, सामुदायिक र संस्थागत…
Read More »लिखुतामाकोसीमा रनिङ शिल्ड सुरु
रामेछाप । लिखुतामाकोसी गाउँपालिका दोस्रो पालीकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हिजो शनिवार देखि सुरु भएको छ । लिखुतामाकोसीमा रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।लिखुतामाकोसी धोवी बजार नजिकै स्थित झट्टेश्वर मा.वि.धोबीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी १० विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिएका पालिका अध्यक्ष केशव महतले जानकारी दिए ।विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट…
Read More »एनएसएलमा आज झापा र इलाम भिड्दै
काठमाडौं । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ । नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १-० ले पराजित भयो । उता झापाको लागि भने यो सिजन…
Read More »नेपाल टि-२० विश्वकपमा छनोट
काठमाडौं । युएईलाई पराजित गर्दै नेपाल सन् २०२४ मा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टि२० विश्वकपमा छनोट भएको छ । शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएकाे आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेसँगै विश्वकपमा छनोट भएको हो । जितका लागि युएईको दिएको १३५ रनको मध्यम लक्ष्य नेपालले १७.१ ओभरमा…
Read More »सेभेन ए साइड फुटबल खेलको उपाधि आकाशे ब्वाइज क्लबलाई
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ टोकरपुरमा जिल्ला स्तरीय सेभेन ए साइड फुटबल खेलको उपाधि आकाशे ब्वाइज क्लबले पाएको छ । खेलमा आकाशे ब्वाइज क्लब प्रथम , लिखु भुजि युथ क्लव भुजि द्वितिय, थानसिँ युवा क्लव खाँडादेवि र शैलुङ्गेश्वरी युवा क्लव ठ्याङ्ग्रेले सान्त्वना स्थान हासिल गरेको दोरम्बा शैलुङ स्पोर्ट क्लब अध्यक्ष रामचन्द्र थापाले जानकारी दिए ।प्रथम आकाशे ब्वाईजले…
Read More »भारतको अपराजित यात्रा जारी
एजेन्सी। आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो । भारतले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो । इंग्ल्याण्डले बिना कुनै विकेट गुमाएर ३० रन बनाउँदै राम्रो सुरुवात गरे…
Read More »टिम ब्यालेन्स भयो : कप्तान पौडेल
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन् । भोलिदेखि काठमाडौंमा सुरु हुने टी-२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ । खेलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए । कप्तान पौडेलले थपे, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको…
Read More »टी-२० विश्वकप क्वालिफायर : एसियाबाट कसको सम्भावना कति ?
काठमाडौं । आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ । ८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी-२० विश्वकप खेल्नेछन् । आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी-२० मेन्स विश्वकप एसिया क्वालिफायर फाइनल २०२३ मा…
Read More »