गन्तब्य
लिखु तामाकोशीमा बेमौसमी तरकारी खेती सम्बन्धि एक दिने अभिमुखिकरण
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले बेमौसमी तरकारी खेती सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । साथै सोही कार्यक्रममा कृषकहरुलाई प्लास्टिक टनेल समेत वितरण गरेको छ । पालिकाको वडा नं १ दुरागाउँमा बिहीबार बेमौसमी तरकारी खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्न र तरकारी खेती विस्तारलाई टेवा पुर्याउन अभिमुखिकरण कार्यक्रम गरेको पालिकाले जनाएको हो । घरायसी भान्सामा प्रयोग हुने तरकारीमा आत्मानिर्भर बनाउने…
Read More »बालमैत्री स्थानीय शासनको सूचकको कार्यशाला गोष्ठी सम्पन्न
रामेछाप। जिल्लाको रामेछाप नगरपालिकामा बालमैत्री स्थानीय शासनको सूचकको अवस्था मापन तथा पञ्चवर्षीय लगानी योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको आयोजना रहेको २ दिने कार्यशाला रामेछाप नगरपालिका वडा नं. ८ मा संचालन भएको थियो । वडा नं. ८ भरिका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्वयंसेविका, राजनीतिका दलका प्रतिनिधि , स्वास्थ्य संस्थाका प्रमुख, वाल सञ्जालका पदाधिकारी ,…
Read More »रामेछापले सक्यो १४ औँ हिउँदे नगर सभा
रामेछाप । रामेछाप नगरपालिकाले १४ औँ हिउँदे नगर सभा बुधवार सम्पन्न गरेको छ । रामेछाप नगपालिका वडा नं. ८ सामुदायिक भवन भँगेरीमा सम्पन्न सभा नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी , पर्यटन र पूर्वाधार समुन्नत र समृद्ध रामेछाप निर्माण आधार भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडी बढेको नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा माग…
Read More »आज सुनापति आउँदै प्रधानमन्त्री दाहाल
रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आउने भएका छन् । सुनापति गाउँपालिकाको वडा नं ३ हिलेदेवीमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आउने भएका हुन् ।भवन उद्घाटन भन्दा पहिले प्रधानमन्त्री दाहाल बेथान पानीघाट स्मृति दिवसमा सरिक हुने कार्यक्रम छ ।आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण कार्य सुरु भएको भवन हाल…
Read More »जुनार कृषक दंग
रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले सञ्चालन गरेको जुनार जोनका कारण जुनार उत्पादन बढ्न थाले पछि रामेछाप नगरपालिकाको वडा नं ६ ओख्रेनी क्षेत्रका किसान खुसी छन् । परियोजनाले जुनार जोन मार्फत आधुनिक तरिकाबाट जुनार खेती गर्न सहयोग गरेपछि जुनार उत्पादनमा वृद्धि भएको स्थानीय कृषक बताउँछन् ।रामेछाप नगरपालिकाको ओख्रेनीमा सञ्चालनमा रहेको जुनार जोनमा राम्रो काम भएको परियोजना रामेछापका…
Read More »भूपू सैनिक बचतको नयाँ नेतृत्व चयन
रामेछाप। भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ साधारण सभा तथा १८ औ स्थापना दिवस बुधवार सम्पन्न भएको छ । साधारण सभाले टहल बहादुर कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः शीवध्वज कार्की,वीर बहादुर खड्का,र कोषाध्यक्षमा थडिन्द्र बहादुर थापा चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा ईश्वरी कार्की ,कमल बहादुर खत्री,खड्ग बहादुर…
Read More »प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक विदा नदिन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक विदा नदिन सरकारी निकायलाई निर्देशन दिएका छन् । उनले कार्यक्रममा वालवालिकाहरुलाईसमेत सहभागी नगराउन निर्देशन दिए । रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक विदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनवारे जानकारी गराएको हो । आफू सहभागी हुने अन्य…
Read More »‘राजाले बिपीका योजना चोरेर जनतामा लागू गरेका थिए’
विश्वेश्वर प्रसाद कोइरालाले ल्याएको योजनाहरू राजाले चोरेर जनतामा लागू गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले बताए । ४८ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पूको पिकनिक स्पोर्टमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले भने – बिपीका कार्यक्रम धेरै राम्रा थिए । एक्कासि विश्वेश्वर प्रसाद कोइरालालाई हटाएर राजा महेन्द्रले ती सबै बिपीका योजनालाई…
Read More »लिखु रनिङ शिल्डको उपाधि जनजीवनको कब्जामा
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजीवन माविले जितेको छ । स्वर्ण १३, रजत २ र कास्य २ मेडलका साथ जनजीवन माविले सो उपाधि आफ्नो कब्जामा पारेको हो ।स्वर्ण १०, रजत ५, कास्य ५ आफ्नो कब्जामा पारी यसम मावि दोस्रो भएको छ भने स्वर्ण ५, रजत २४, कास्य २ मेडल जितेर ग्रामोदय युगकवि सिद्धिचरण…
Read More »रामेछापको सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न
रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले सार्वजनिक सुनुवाइ गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिकमा संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ गरेको हो । आइतबार सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरूको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी दिए।सार्वजनिक सुनुवाइमा हिमाल भुजेल, अरुण कार्की, राशि…
Read More »