दुग्ध सहकारीको अध्यक्षमा ध्रुवकुमार थापा

रामेछाप । मन्थली दुग्ध सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाले ध्रुवकुमार थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिवार मन्थलीमा भएको साधारण सभाले समितिको उपाध्यक्षमा ज्ञानु खड्का कार्की, सचिवमा केशर पौडेल, कोषाध्यक्षमा विष्णु बुढाथोकी र सदस्यहरूमा निर्वतमान अध्यक्ष डुकुना घिमिरे पोखरेल, दीप कुमार थापा, किशोर पौडेल, यज्ञ प्रसाद ढुङ्गेल लगायत नयाँ कार्य समिति चयन गरेको निर्वाचन समितिका संयोजक हिमाल ढुङ्गेलले बताए ।
सााधारणसभा संस्थाकी अध्यक्ष डुकुना घिमिरे पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेल, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदी, संस्थाका सल्लाहकार भानु श्रेष्ठ लगायतले नयाँ निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै आफ्ना भनाइहरू राखेका थिए ।
साधारण सभामा सचिवको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित गरेको थियो । उक्त साधारण सभाले हाल सम्म बचतमा २० लाख ७७ हजार ४ सय ३८ रुपैयाँ, शेयरमा ३ लाख ९६ हजार २ सय रुपैयाँ, चालु दायित्वमा १ लाख ७१ हजार र विभिन्न कोषमा ९४ हजार ६ सय ५५ रुपैयाँ गरी कुल २५ लाख ८५ हजार ४ सय ४० रुपैयाँ बरवरको वासलात विवरण पनि पारित गरेको थियो । २०७६ सालबाट सञ्चालनमा आएको मन्थली दुग्ध सहकारी संस्थामा १ सय ४३ जना शेयर सदस्य आबद्ध रहेका छन् । संस्थाले दुग्ध उत्पादकहरूको हक, हित र उत्पादित दूधको बजारीकरणको काम भइरहेको जानकारी समेत गराइएको थियो ।
साधारण सभामा मन्थली नगरपालिका १ का गाई पालक किसान होतराज ढकालले किसानहरूले गाईलाई खुवाउन ल्याएको पराल ढुवानी गराउँदा ट्राफिक प्रहरीले १० ठाउँ रोकेर चिट काट्ने र ठाउँ–ठाउँमा रोक्ने गर्दा हाम्रा किसानले बेकारको झन्झट र दुख खेप्नु परेको घटनाले आम किसानहरूलाई थप आर्थिक बोझ परेको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो ‘यो माग सम्बोधन नभए सबै दुग्ध किसान एक भएर रामेछाप उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालय घेराउ गर्नै चेतावनी पनि दिएका थिए । उहाँले उठाएको मागलाई उपस्थित किसानहरूले पनि सही समयमा मुद्दा उठेको भन्दै त्यसमा सहमति जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button