महोत्सवको तयारीले मन्थली बजार झिलिमिली
रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारीले गर्दा मन्थली बजार झिलिमिली बनेको छ । आउँदो पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम सजाइएको हो ।
महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघले मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार क्षेत्रमा तोरण टाँगेको छ । संघले बजार क्षेत्रको ठाउँ ठाउँमा ब्यानर समेत राखेको छ ।
“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार‘ कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार ” भन्ने मूल नाराको साथ संघको रामेछापको आयोजनामा ११ दिन सम्म सञ्चालन हुने महोत्सवमा ५० लाख दर्शक भित्र्याउने लक्ष्य रहेको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरले बताए । अध्यक्ष मगरका अनुसार महोत्सवमा जिल्ला भित्रका र बाहिरका ५० हजार दर्शक भित्र्याउने संघको छ । महोत्सवका कारण सुस्ताएको बजार चलायमान हुने समेत अपेक्षा आयोजकले राखेको छ ।