गन्तब्य

  • लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि


    रामेछाप । रामेछाप नगरपालिकामा बिहीबारदेखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले  प्रतियोगिता सहभागिता जनाएको थियो ।   गौरीशङ्कर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गरेको छ । यो सँगै गौरीशंकरले लगातार ६ पटक रामेछाप नगर स्तरीय रनिङशिल्ड जितेको छ । प्रतियोगितामा…

    Read More »
  • सुनापति गाउँपालिका वासीलाई निःशुल्क रगत


    सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको हो ।गाउँपालिकाले पालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरमा…

    Read More »
  • स्वयमसेवीकाहरुलाई सुइटर, झोला र जुत्ता


    रामेछाप । रामेछाप नगरपालिकामा महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई विभिन्न सामग्री दिएको छ । वडा नं ८ का ११ जना स्वयमसेवीकाहरुलाई वडाले सो सामाग्री दिएको हो । शुक्रवार वडाले स्वयमसेवीकाहरुलाई जाडोमा लगाउने सुइटर, झोला र जुत्ता दिएको हो ।विभिन्न टोलबस्तीमा पुगेर नागरिकहरूको सेवा गर्ने महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरूप सामाग्री दिएको वडाध्यक्ष सन्तोष तामाङ बताउँछन् ।रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बाल…

    Read More »
  • सुर्यज्योति लाइफले झुक्याएर बीमा बेच्दा बीमितकै बिचल्ली, परिवारसहित आत्महत्या गर्ने भन्दै पीडितको उजुरी बीमा प्राधिकरणमा


    काठमाडौं । जीवन बीमा बीमा मानिसको जोखिम रक्षावरण गर्ने व्यसवायसँगै सेवा समेत हो । तर, यही बीमासेवाको आडमा जबरजस्ती बीमा पोलिसी बिक्री गरेर सोझा जनताले मृत्युवरण गर्ने अवस्था आयो भने के होला ? कमजोर नियामक, नियामकलाई नै घुमाउने सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीको अनैतिक व्यापारिक रणनीतिका कारण एक बीमितले परिवारसहित आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै बीमा प्राधिकरणमा लिखित उजुरी…

    Read More »
  • खस्किएको बजार चलायमान बनाउन रामेछाप महोत्सव हुँदै


    रामेछाप । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप, राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ जिल्लाको मन्थलीमा हुने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तीव्र रूपमा भइरहेको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य संघका अध्यक्ष…

    Read More »
  • मन्थलीमा बहुला कुकुरको बिगबिगी, एकैदिन नौ घाइते


    रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मा एकै दिन बहुला कुकुरको टोकाइबाट नौ जना घाईते भएका छन् । बिहीबार भैंसेश्वर क्षेत्रमा बहुला कुकुरले नौ जनालाई टोकेको छ । कुकुरले टोकेका बिरामी उपचारका लागि मन्थली अस्पतालमा पुगेका र ती मध्ये ३ जनालाई थप उपचारका लागि काठमाण्डौँ रेफर गरिएको छ । मन्थली अस्पतालका डाक्टर केशव सिं धामीका अनुसार अस्पतालमा केही…

    Read More »
  • रामेछाप नगर रनिङसिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु


    रामेछाप । रामेछाप नगरपालिकाको छैटौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० बिहीबारदेखि सुरु भएको छ । रामेछाप बजारको टुँडिखेल मैदानमा प्रतियोगिता सुरु भएको हो।प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले खेलकुदको विकास विना राष्ट्रको विकास सम्भव नभएकोले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नु पर्ने बताए । उनले खेलकुद विकासको गतिसँगै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्वदिनु पर्ने भएकोले यसको सुधारका लागि नीतिगत…

    Read More »
  • लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड सुरु


    ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुक्रवार बाट सुरु भएको छ । लिखु गाउँपालिका वडा न. ६ गाम्नान्टारको खेल मैदानमा रनिङशिल्ड सुरु भएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना सुरु भएको प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।खेल र खेलाडी भनेको राष्ट्रको हुन्छ, कुनै दलको हुँदैन ।…

    Read More »
  • मन्थली नगर राष्ट्रपति रनिङ शिल्डमा लगातार मन्थली माविको वर्चस्व


    रामेछाप । मन्थलीमा सम्पन्न छैटौँ मन्थली नगर राष्ट्रपति रनिङ शिल्ड लगातार तेस्रो पटक मन्थली माविले जितेको छ । २२ वटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मन्थली माविले जितेको हो । प्रतियोगितामा भलिबल, कबर्दि, तेक्वान्दो, उसु, र एथलेटिक्स लगायतका खेलहरू खेलाइएको थियो । प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको छ भने कर्कला देवी इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गरेको छ…

    Read More »
  • रामेछापमा शान्ति योगाश्रम बन्ने


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुकुरसिंह पर्यटन क्षेत्रमा शान्ति योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लागतमा बन्न लागेको शान्ति योगाश्रम भवनको शिल्यान्यास गरिएको छ । संघीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम),रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा भवनको शिल्यान्यास गरे। भवन शिल्यान्यास…

    Read More »
Back to top button