गन्तब्य
सहकारीले गर्यो चार बुँदे सहमतिः बुढाथोकीको माग पुरा
रामेछाप । तामाकोशी–५ किर्ने दोलखामा रहेका खिम्ती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले चार बुँदे सहमति गरेको छ । मन्थली नगरपालिका–१२ का विद्युत उपभोक्ता सदस्य सन्जय बुढाथोकीको नेतृत्वमा राखिएको आमरण अनशनपछि विद्युत महशुल अनलाइन भुक्तानीको व्यवस्था तत्काल लागू गर्नुपर्ने माग राखिएको थियो । आइतबार साँझ ७ बजे सहकारीको मुख्य कार्यालयमा अनशनमा सुरु गरेका थिए ।अनशनको विषय लिएर २०८२ मंसिर ८ गते…
Read More »क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माण सुरु
काभ्रेपलाञ्चोक । लगातारको बाढी–पहिरोले बारम्बार क्षतिग्रस्त हुँदै आएको बिपी राजमार्गको स्थायी पुनःनिर्माण सुरु गरिएको छ। देशको पूर्वी तथा मध्यपहाडी भूभागलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो र रणनीतिक मार्गका रूपमा रहेको यस राजमार्गका सबैभन्दा बढी क्षति पुगेका काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा तीन स्थानबाट एकैसाथ स्थायी संरचना निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।गत वर्ष असोज दोस्रो सातादेखि यो वर्षको असोज तेस्रो सातासम्म…
Read More »जाडोयाममा थामी विद्यार्थीलाई न्यानो कपडा
रामेछाप। दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित डडुवा र गडिगाउँ थामी बस्तीका ४२ जना विद्यार्थीले न्यानो कपडा पाए । जिल्लाको उच्च पहाडी भेगमा पर्ने यस क्षेत्रका बालबालिकाका लागि जाडोको मौसम चुनौतीपूर्ण हुन्छ । विद्यालयमा नियमित पढाइका क्रममा बालबालिकाहरू चिसो मौसमका कारण शारीरिक असुविधामा पर्ने गरेका थिए ।आइतबार (हिजो) रोजगारको शिलशिलामा बाहिरि देश रहेका गोरखाका राजकुमार तामाङको पहलमा गोरखाका युवा नेतृ तथा सामाजिक…
Read More »मन्थलीे नगर राष्ट्रपति रनिङ शिल्ड मन्थली माविको हातमा
रामेछाप । मन्थली नगर स्तरीय ८ औँे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले हात पारेको छ ।गएको बिहीबार देखि मन्थली मा वि को खेल मैदानमा भएको विभिन्न विधामा ६६ स्वर्ण, ६६ रजत र ७९ काश्यसहित २११ पदकको लागि भएको प्रतियोगीतामा मन्थली मा वि ले ३४ वटा स्वर्ण २९ रजत र १७ काश्य सहित कूल ८० पदक जितेको छ ।…
Read More »सच्चाईको अधिवेशनले लियो २ जनाको ज्यान, चालकको अवस्था चिन्ताजनक
रामेछाप । धर्म, सत्य र मोक्षका ठूलो–ठूलो कुरा गर्नेहरूको कथा एकातिर छ, तर ठाडो प्रश्न अर्को छ । धर्मका नाममा गाउँका सोझासाझा बुढाबुढीलाई बटुलेर जोखिमपूर्ण यात्रामा पठाउनेहरूलाई आखिर जिम्मेवारीको कुनै अनुभूति छ कि छैन ? रजगाउँ माडी मुहानमा भएको पछिल्लो दुर्घटनाले एउटा कठोर उत्तर दिएको छ, धार्मिक अभियानले जति ठूलो आवाजमा सच्चाई प्रचार गर्छ, व्यवहारमा उनीहरूले देखाउने लापरवाही झन् ठूलो,…
Read More »रजगाउँ बाट सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेको सुमो दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ स्थित रजगाउँ माडी मुहानमा सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेका यात्रुवाहक सुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका ३ माथिल्लो कठजोरकी ५३ वर्षिया गितामाया जोगीको मृत्यु भएका दुर्घटनामा परी ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते हुनेहरुमा मन्थली नगरपालिका –२…
Read More »मन्थलीमा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
रामेछाप । ८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख लव श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै व्यक्तिको स्वास्थ्य, अनुशासन र जीवनशैलीमा पर्ने सकारात्मक प्रभावका कारण नगरपालिकाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। सरोकारवाला निकायका सुझावहरू आत्मसात् गर्दै खेल पूर्वाधार विस्तार…
Read More »रामेछापमा बढ्दै नगदे खेतीको आकर्षण
रामेछाप । परम्परागत खेतीमा दिनानुदिन घट्दो उत्पादन, बढ्दो श्रम लागत र जंगली जनावरको बढ़्दो विघ्नका कारण रामेछाप जिल्लाका कृषकहरू पछिल्ला वर्षहरूमा नगदे खेतीतर्फ तीव्र रूपमा आकर्षित भएका छन्। मकै, गहुँ, कोदो जस्ता परम्परागत बालीले नाफा दिन छाडेपछि जिल्लाका धेरै किसानहरूले कागती, अकबरे खुर्सानी, ड्रायागन फललगायत उच्च मूल्यका नगदे बालीतर्फ मोडिएको देखिन्छ। बजारमा ती बालीको माग उच्च, मूल्य स्थिर र उत्पादन…
Read More »संसद् विघटनदेखि राजनीतिक सङ्कटसम्मका विषयमा चेतावनी
रामेछाप । शनिबार मन्थलीमा आयोजित एमाले रामेछापको जनसभामा नेताहरूले संसद् विघटनदेखि राजनीतिक सङ्कटसम्मका विषयमा कडा चेतावनीसहित ‘निर्णायक सन्देश’ जनतामा पु¥याउने घोषणा गरेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईले आगामी मङ्सिर ६ गते काठमाडौँमा हुने पार्टीको शक्ति प्रदर्शनबाट नै देशमा बढ्दै गएको ‘राजनीतिक अन्योल, संसद् विघटन र बाह्य हस्तक्षेप’बारे स्पष्ट सन्देश दिने बताए। उनले…
Read More »रामेछापका सुनापतिमा निःशुल्क आयुर्वेदिक उपचार शिविर, २ सयले लिए स्वास्थ्य सेवा
रामेछाप । सुनापति गाउँपालिकासँगको सहकार्यमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार सुनापति गाउँपालिकाको केन्द्र हिलेदेविमा एक दिने निःशुल्क स्वास्थ्य उपचार शिविर आयोजना गरेको छ । गाउँपालिकाको अस्पतालमा भएको शिविरमा करिब २ सय जना बिरामीले स्वास्थ्य सेवा लिनुभएको छ । शिविर शुभारम्भ कार्यक्रम गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाईँ, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्ष…
Read More »