गोकुलगंगा छैठौँ राष्ट्रपति रनिङ शिल्ड शारदा मावि ठोसेले उचाल्यो

रामेछाप । गोकुलगंगा गाउँपालिका छैठौँ राष्ट्रपति रनिङ शील्ड शारदा मा. वि.ले उचालेको छ । शारदा मावि ठोसेले ८ स्वर्ण, ७ रजत, ५ कास्य सहित कूल २० पदक जितेर पहिलो भएको छ । शार।दा माविले गोकुलगंगा माविलाई पराजित गर्दै शिल्ड जिल्न सफल भएको छ । पराजित गोकुलगंगा माविले भने ८ स्वर्ण, ५ रजत, ९ कास्य सहित कुल जम्मा २२ ल्याई दोस्रो भएको छ । त्यस्तै तेस्रो हुन सफल जनजागृत माविले, ७ स्वर्ण, ८ रजत, ७ कास्य सहित कुल २२ पदक जित हासिल गरेको छ । प्रतियोगिताको व्यवस्थापक कमलादेवी मा.वि., नामाडीले ३ स्वर्ण ३ रजक ३ कास्य सहित कूल ९ पदक ल्याएको छ । त्यस्तै सेतिदेवी मा.वि., चुचुरेले २ स्वर्ण २ रजक सहित कूल ४ पदक ल्याएको छ । जट्टेश्वरी मा.वि., चुचुरेले १ स्वर्ण ३ रजक ५ कास्य पदक गरि ६ पदक ल्याएको छ भने फर्पु मा.वि., फर्पुले १ स्वर्ण २ रजक ५ कास्य सहित कूल ६ पदक ल्याएको छ । विजयी विद्यालय तथा विद्यार्थी खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष काजि बहादु खड्का दिनेश, गाउँपालिका उपाध्यक्ष उषा देवि कार्की, वडा नं. ३ का वडा अध्यक्ष एवम् प्रवक्ता चन्द्र सुनुवार, वडा नं. ५ का वडा अध्यक्ष दिपक कार्की, वडा नं. २ का वडा अध्यक्ष सुन्दर कार्की लगाएले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।
प्रतियोगीतामा ३००० मिटर, १०० मिटर, १५०० मिटर, १६०० रिले, १५०० मिटर दौड, ४०० मिटर दौड, लमजम्प , हाइजम्प, सटपट, कवड्डि भलिवल छात्र ÷ छात्रा खेलहरु भएका थिए ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित गोकुलगंगा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्सिर १९ गतेदेखि गोकुलगंगा गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कमलादेवी माध्यमिक विद्यालय वडा नं. ५ नामाडिकोे व्यवस्थापनमा नामाडी खेल मैदानमा सुरु गरिएको थियो । प्रतियोगीतामा कूल ३९ वटा स्वर्ण पदकको जना ७ वटा माध्यमिक तहका २५८ जना विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।




