ब्यानर न्युज

  • राजधानी युगन्डामा फोहोरको पहिरोमा पुरिएर १८ को मृत्यु, बेपत्ताको खोजी हुदैँ


    कम्पला । युगान्डाको राजधानी कम्पालामा एउटा फोहोरको थुप्रोमा पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । युगुन्डाका सुरक्षा अधिकारीहरूका अनुसार सो फोहोरको पहिरोमा परेर बेपत्ता भएकाहहरुको खोजी जारी राखिएको छ । शहरको एक मात्र ल्यान्डफिल साइट कितेजीमा दुई दिनपछि मुसलधारे वर्षाले फोहोरको ठूलो टुक्रा भत्केपछि प्रहरीले मृत्यु हुनेको संख्या घोषणा गरेको थियो, उसका अनुसार सो फोहोराको पहिरोले बासिन्दाहरू सुतिरहेका…

    Read More »
  • रामेछापको फूलासी भोटनागीमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती


    रामेछापमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती भइरहेको छ । चिया खेतीका लागी सुहाउँदो हावापानी रहेको यस ठाउँमा राम्रो उत्पादनहुँदा किसानलाई फाइदा भएको छ । चिया बगान घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन् । सदरमुकाम मन्थलीबाट नजिकै रहेको चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक÷टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटकहरु आउने गरेका छन । हरियाली र निकै मनमोहक चिया बगानले…

    Read More »
  • साउने सोमवार बिहारको दर्शनमा भागदौंड मच्चिदाँ बिहारमा ७ को मृत्यु, ३५ घाइते


    पटना । बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छन । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक…

    Read More »
  • केपी शर्मा ओली अस्पतालमा, बिरामीको लाइन हटाउन प्रधानमन्त्रीको चासो


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छरु भनेर सोधेका हुन्। प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा…

    Read More »
  • भ्रष्टाचारको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटारले आफूले गरेका विभिन्न भ्रष्टाचार काण्डहरुको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती जारी गरेको छ । २०८१ साउन १५ गते मंगलबार जिल्लाकै पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे राष्ट्रिय दैनिक’ले ‘रामेछाप नगरको ३ नं. वडा भ्रष्टाचारको अखडा बन्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रकाशित समचारमा ५० हजार रुपैयाँको आयोजनामा उपभोक्तालाई प्राविधिक…

    Read More »
  • प्रधानमन्त्री ओलीको आग्रहः संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्नुस्


    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन्। आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउँदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरे। अहिलेको समिकरणले…

    Read More »
  • ४२ स्वास्थ्य शिबिर मार्फत ५ हजार जनाको शल्यक्रिया


    रामेछाप १७ साउन । तिलगंगा आँखा प्रतिष्ठान रामेछापले जिल्लामा ४२ वटा स्वास्थ्य शिबिर मार्फत अहिले सम्म ५ हजार ८८ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।प्रतिष्ठानले बिहिबार मन्थलीमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रमा उक्त जानकारी गराएको हो । शल्यक्रियाका अतिरिक्त अहिले सम्म तिलगंगा आँखा प्रतिष्ठानबाट रामेछाप जिल्लाका २ लाख भन्दा बढीले आँखा सम्बन्धि स्वास्थ्य सेवा लिएको कार्यक्रममा जानकारी गराइएको…

    Read More »
  • राजीनामा माग्ने सांसदलाई क्यानका हाकिमले ‘गधा’ भनेपछि के भयो?


    काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्डययन प्राधिकरणको समेत गम्भीर लापरबाही देखिएको भन्दै आफ्नो आलोचना गर्ने सांसदहरुलाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘गधा’को उपनाम दिएका छन् । सोही प्रकरणमा आफ्नो राजीनामा माग्ने सांसदहरुलाई उनले गधाको संज्ञा दिँदै आफूलाई ‘सिंह’सँग तुलना गरेका छन् । साउन ९ गते काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले…

    Read More »
  • कठजोर खोलामा आएको बाढीले ६० रोपनी खेतमा क्षति 


    रामेछाप । बिहीबार रातिको वर्षातले मन्थली नगरपालिका वडा नं २ कठजोर खोलाको करिब ६० रोपनी खेतमा क्षति पुर्‍याएको छ । कठजोर खोलामा आएको बाढीले उर्मिला भुजेलको मतान समेत बगाएको  छ भने घर पनि जोखिममा छ । बाढीले आसपासका उद्धव ढुङ्गेलको अन्दाजी ३ रोपनी, छत्रबहादुर ढुङेलको ६ रोपनी, सिता भुजेलको ३ रोपनी, कृष्ण लोचन अधिकारीको २ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की,…

    Read More »
  • नीति र विधि भन्दा माथि हुन् ट्राफिक प्रहरी ?


    रामेछाप । ३ जना ट्राफिक प्रहरी मङ्गलवार जिल्लाको मन्थली नगरपालिका वडा नं. १ को देवकोटा चोकमा सवारी व्यवस्था मिलाउन खटिएका हुन सक्छन् । सडकपेटीमा मोटरसाइकल रोकेर बसिरहेका ती ट्राफिकहरू मध्येका एक ट्राफिक सानका साथ सोही मोटरसाइकलमा फिल्मी शैलीमा बसिरहेका थिए । अरू २ जना ’हिरो’ सँग कुरामा कुरा थप्दै यताउता हेर्दै सिट्ठी फुक्दै थिए ।उनीहरूको बसाई र काम गराई देख्दा…

    Read More »
Back to top button