ब्यानर न्युज
अर्थ मन्त्रालयले भन्यो – सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्नू
काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयहरूमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । ३३१ पालिकाहरूको गत असारसम्मको…
Read More »त्रिभुवन विमानस्थलमा यात्रुले बोकेको ह्याण्डब्यागमा आगलागी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगो लागेको हो । उक्त व्यागभित्र ल्यापटपमा चार्ज गरिराखेको पावर बैँक पड्केर आगो लागेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीले जानकारी दिए । उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो…
Read More »थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसले किन गर्यो सम्मान ?
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थुनामा रहेका खाँडलाई शनिवार कांग्रेस प्रदेश समितीले सम्मान गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । रामकृष्ण रुपन्देही काँग्रेस सभापति पनि हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण…
Read More »अस्पतालको उपचारबाट निराश भएपछि झाँक्री खोज्छन् बिरामी
काठमाडौँ सहर जहाँ स्वास्थ्य उपचारका लागि अत्याधुनिक सुविधा सम्पन्न अस्पतालहरू छन् । पाइलैपिच्छे क्लिनिक र स्वास्थ्य चौकीहरू पनि छन् । ग्रामीण क्षेत्रका पालिकाहरूले पनि ठुलठुला अस्पतालहरू सञ्चालनमा ल्याई सकेका छन् । पालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा उपचार हुन नसके काठमाडौँका अस्पताल र स्वास्थ्यकर्मी नै अन्तिम विकल्प मानिन्छन् । वैज्ञानिक युग भए पनि आधुनिक सहरमा उपचारका लागि धामी, झाँक्री खोज्ने बिरामी धैरै…
Read More »कृषकलाई व्यवसायी बनाउने आधुनिक कृषि सहकारी
रामेछाप। आधुनिक कृषि सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । पशुपालन, अन्न,तरकारी र फलफूल उत्पादक किसानहरूलाई व्यवसायी बनाउने उद्देश्यले गठन गरिएको जनाइएको छ । २७ जना सदस्यहरूबाट सुरु गरिएको संस्थामा हाल ६ सय ५ जना शेयर सदस्य छन् ।आधुनिक कृषि सहकारी संस्थाले सदरमुकाममा दुग्ध उत्पादनको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सहकारीको संस्थागत विकाशका लागि…
Read More »काँग्रेस ‘प्रचण्ड’ पथको भरिया बनेको छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबी गरेका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले ‘प्रचण्ड’ सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैँ ढल्ने दाबी गरे । उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौँ । यहीबीचमा यो सरकार…
Read More »नौं हजार भूकम्पपीडितका लागि २२ करोड निकासा
काठमाडौँ । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका…
Read More »गभर्नर अधिकारीले भने- बैंकहरुले धेरै ब्याज लिएको भए उजुरी गर्नुस्
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् । आर्थिक पत्रकार समाज सेजनको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए…
Read More »३ सयले लिए सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरेको छ । कार्यालयले मन्थली नगरपालिका वडा नम्बर १ को कार्यालय अगाडी, खिम्ति, सेलेघाट र मन्थली भएर चल्ने सवारी साधनहरुको चालक तथा यात्रुहरुलाई सचेतनामुलक कक्षा संचालन गरेको हो । आज शुक्रवार विहान ८ बजे देखि १० बजे सम्म सञ्चालित सचेतनामुलक कक्षामा ३ सय चालक…
Read More »नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् । युएईको दुबईमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरूलाई…
Read More »