समाचार
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार आइतबार राती १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का रामेछाप लगाएत आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ ।
Read More »मेलुङमा प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला
दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । मेलुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा त्रिभुवन मावि मेलुङमा सञ्चालन भएको कार्यक्रममा परीक्षा समिति, गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका विषयगत समितिका सदस्य तथा विद्यालयका विषयगत शिक्षकहरू सो कार्यशालामा उपस्थित थिए । राष्ट्रिय परीक्षा वोर्डका सदस्य तथा काठमाडौँ महानगरपालिकाका स्रोत व्यक्ति सुशील खनाल, गणित विषयका…
Read More »नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ चयन
रामेछाप । नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा. भरत कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।शनिवार जिल्लाको मन्थली नगरपालिका वडा नं. १ स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सभा हलमा भएको अधिवेशनले सोही क्याम्पसका प्रमुख डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।अधिवेशनले उपाध्यक्षमा…
Read More »यस वर्षको जगदीश स्मृति पुरस्कार निबन्धकार काफ्लेलाई
रामेछाप । यस वर्षको जगदीश स्मृति सम्मान पुरस्कार निबन्धकार माधव काफ्लेलाई प्रदान गरिएको छ । जगदीश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अवसरमा उनलाई नगद रु ५१ हजार र प्रशंसा पत्रले सम्मान गरिएको हो । सो प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमका अवसरमा मन्थली स्थित माझी समुदायका ज्येष्ठ…
Read More »संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन
रामेछाप । संविधान सभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य सुनुवारको शनिवार दिउँसो नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिए । लामो समय देखि थाइराईड क्यान्सर…
Read More »लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
रामेछाप । रामेछाप नगरपालिकामा बिहीबारदेखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले प्रतियोगिता सहभागिता जनाएको थियो । गौरीशङ्कर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गरेको छ । यो सँगै गौरीशंकरले लगातार ६ पटक रामेछाप नगर स्तरीय रनिङशिल्ड जितेको छ । प्रतियोगितामा…
Read More »सुनापति गाउँपालिका वासीलाई निःशुल्क रगत
सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको हो ।गाउँपालिकाले पालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरमा…
Read More »स्वयमसेवीकाहरुलाई सुइटर, झोला र जुत्ता
रामेछाप । रामेछाप नगरपालिकामा महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई विभिन्न सामग्री दिएको छ । वडा नं ८ का ११ जना स्वयमसेवीकाहरुलाई वडाले सो सामाग्री दिएको हो । शुक्रवार वडाले स्वयमसेवीकाहरुलाई जाडोमा लगाउने सुइटर, झोला र जुत्ता दिएको हो ।विभिन्न टोलबस्तीमा पुगेर नागरिकहरूको सेवा गर्ने महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरूप सामाग्री दिएको वडाध्यक्ष सन्तोष तामाङ बताउँछन् ।रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बाल…
Read More »सुर्यज्योति लाइफले झुक्याएर बीमा बेच्दा बीमितकै बिचल्ली, परिवारसहित आत्महत्या गर्ने भन्दै पीडितको उजुरी बीमा प्राधिकरणमा
काठमाडौं । जीवन बीमा बीमा मानिसको जोखिम रक्षावरण गर्ने व्यसवायसँगै सेवा समेत हो । तर, यही बीमासेवाको आडमा जबरजस्ती बीमा पोलिसी बिक्री गरेर सोझा जनताले मृत्युवरण गर्ने अवस्था आयो भने के होला ? कमजोर नियामक, नियामकलाई नै घुमाउने सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीको अनैतिक व्यापारिक रणनीतिका कारण एक बीमितले परिवारसहित आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै बीमा प्राधिकरणमा लिखित उजुरी…
Read More »खस्किएको बजार चलायमान बनाउन रामेछाप महोत्सव हुँदै
रामेछाप । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप, राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ जिल्लाको मन्थलीमा हुने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तीव्र रूपमा भइरहेको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य संघका अध्यक्ष…
Read More »