समाचार
मुगानमा एक महिलाको शव फेला
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुगानमा एक महिलाको शव फेला परेको छ । अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । बिहिबार(आज) दिउँसो करिब २ बजेको समयमा प्रहरी चौकी रामेछाप डाँडालाई घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको हो ।मृतकको शव पोष्टमार्टमका लागी रामेछाप अस्पताल लगिएको प्रहरी चौकी…
Read More »सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले पायो आफ्नै भवन
रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा निर्माण गरिएको हो । नवनिर्मित दुई तले भवनको उद्घाटन (आज) बिहिबार भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले गरे ।अब तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापकोे सबै…
Read More »दिनदिनै भासिँदै केउरेनी बस्ती
रामेछाप । जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी दिनदिनै भासिँदै जान थालेको छ । विगत लामो समय देखि स–साना पहिरो चल्दै आएको सो बस्ती २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि थप क्षतिग्रस्त भएको थियो । त्यसपछि २०८२ असोज १७ देखि १९ गतेसम्मको लगातार वर्षाले बस्तीको तल्लो भाग बगाउँदै लान थालेको छ । जस्ले गर्दा बस्ती पूर्णरूपमा पहिरोको उच्च जोखिममा…
Read More »लिट्टिल स्टारले पायो अन्तर्राष्ट्रिय अवार्ड
रामेछाप । रामेछापको मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुलले अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) पाएको छ । जिल्लाकै पहिलो नीजि विद्यालयको रुपमा स्थापित लिट्टिल स्टार इङ्गलिस स्कुललाई मंगलबार विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेशनद्वारा आयोजित मलेसियाको राजधानी कोलालाम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त भएको हो ।स्कुललाई उक्त अवार्ड लिनकन युनिभर्सिटी मलेशियाको…
Read More »नारकीय जीवनबाट मुक्त भए दिनेश
रामेछाप । खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकी अहिले नरकीय जीवनबाट मुक्त भएका छन् । उनको यात्रा कालकोठरीबाट काठमाडौंतर्फ मोडिएको छ। तर यो यात्रा सामान्य होइन, यो मुक्ति यात्राको सुरुवात हो । दशकभन्दा लामो “नरकीय जीवन” जिइरहेका दिनेशको मानव सेवा आश्रम रानीवन शाखाले उद्दार गरेको हो । मानसिक सन्तुलन गुमाएपछि अन्धकारमय बन्दै गएको उनको जीवन अब फेरि उज्यालोतर्फ फर्किँदैछ…
Read More »हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएकाे शव
काठमाडौँ । हमासको कब्जामै मृत्यु भएकाे दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो। विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको…
Read More »जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
२८ असोज, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई…
Read More »शैलुङमा फिँजिँदै समृद्धिको हरियो सपना
रामेछाप । रामेछाप र दोलखाको उत्तरी भेगमा फैलिएको शैलुङको पहाडका डिलदेखि खेतका आली, घरअगाडिका आँगनदेखि सडक छेउसम्म स–साना बारीहरूमा लहलहाएका तरकारीका बोटहरूले गाउँलाई झकिझकाउ बनाइदिएको छ। अघिल्लो पुस्ताले धान, कोदो, आलुजस्ता परम्परागत बालीमा भर परेका यी पहाडी गाउँका किसान अहिले व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। मौसमसँग जुध्दै, बजारसँग जोडिँदै, उनीहरू अब आफ्नै गाउँमै समृद्धिको बीउ रोपिरहेका छन्।रामेछापको दोरम्बा शैलुङ…
Read More »हमासले रिहाई गर्न लागेका २० जनामा विपीनको नाम उल्लेख छैन, बन्धकहरूको नाम सार्वजनिक
काठमाडौँ — प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।२० जना सबै इजरायली नागरिक हुन् । उनिहरुलाई हस्तान्तरण गर्ने तयारी…
Read More »आयुर्वेदमा निःशुल्क होलबडि चेकअप
रामेछाप । रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीमा हरेक हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच हुने गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको सो कार्यक्रम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सञ्चालन भएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । सो कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षणका साथै ल्याब सेवा र परामर्श तथा औषधि वितरण हुने उनले…
Read More »