पूर्वीय दर्शन वेदान्त विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति घिमिरे

रामेछाप । रामेछापका उमेश घिमिरेले पूर्वीय दर्शन ( वेदान्त दर्शन ) विषयमा विद्यावारिधि गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले आइतबार प्रकाशन गरेको परिणाम अनुसार घिमिरे उक्त विषयमा विद्यावारिधि हासिल गर्न सफल भएका हुन ।
रामेछाप नगरपालिका वडा नं ८ वावियाखर्क स्थायी निवासी घिमिरे नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ वेदान्त विभागका उपप्राध्यापक समेत हुन । घिमिरे रामेछाप जिल्लाबाट पूर्वीय दर्शन वेदान्त विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्तिको हुन ।
मध्यम परिवारमा जन्मिएका असाधारण प्रतिभाका धनीका रूपमा आफूलाई चिनाउँदै आएका डा. घिमिरे धेरै मेहनत र कष्टकर जीवन पार गर्दै उक्त उपाधि हात लाउन सफल भएका हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button