२० भन्दाबढी पत्रकारलाई मोजो तालिम

रामेछाप । सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश हेटौडाले २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम दिएको छ ।
रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ५ दिनसम्म चलेको तालिमको शनिवार सम्पन्न भएको छ ।
तालिममा सहभागी पत्रकारहरूलाई बाग्मती प्रदेश सभा सदस्य युवराज चौँलागाईले प्रमाणपत्र प्रदान गरे । उनले सञ्चार रजिस्ट्रारको कार्यालयले यो तालिम रामेछापमा आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।
पत्रकारहरूलाई दक्ष बनाउन उनीहरूको आवश्यकता अनुसार तालिम प्रदान गर्दै आएको सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाले बताए । आगामी दिनहरूमा पनि यस्ता तालिमहरूलाई निरन्तरता दिने उनले बताए । तालिम मंसिर २६ गतेदेखि सुरु भएको थियो ।



