उमाकुण्ड रनिङ शिल्ड: कैलेश्वर मा वि गुप्तेश्वरले जित्यो

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड कैलेश्वर मावि गुप्तेश्वरले जित्यो । उपबिजेता बनेको चण्डेश्वर मावि प्रीतिले ११ स्वर्ण ८ रजत काँस्य ६ , नगद र रु १५ हजार सहित मेडल, ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ । तेस्तै जनता मावि कुबुले १० स्वर्ण ८ स्वर्ण १ काँस्य ल्याई नगद रु १० हजार सहित ६ स्वर्ण ३ रजत ९ काँस्य , ट्रफी प्रमाणपत्र प्राप्त गरि तृतीय बनेको छ ।
तेस्तै कास्थेम मावि भुजिले २ स्वर्ण ४ रजत ३ काँस्य ल्याई सान्त्वना, सिद्देस्वर मावि बाम्तिले १ स्वर्ण ४ रजत ९ काँस्य प्राप्त गरेको छ । तेस्तै सरस्वती मावि सुनुवाधाराले २ रजत २ काँस्य प्राप्त गरेको छ भने महालुङ्गुर मावि गुम्देले १ रजत ४ काँस्य
सोमबार देखि सुरु भएको प्रतियोगितामा विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार , उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, जिल्ला भुमी आयोग सदस्य गङ्गा देवि कार्की वडा अध्यक्ष लगाएतको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरे । उत्कृष्ट विधामा खेलाडीहरूलाई ट्रफिसहित पुरस्कृत गरिएको उक्त प्रतियोगितामा सर्वोत्कृष्ट र युवा खेलाडी पुरस्कारद्वार भलिबल र कबड्डीका खेलाडीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगिताको समापन खेलकुद बिकास समिती संयोजक सुदिप सुनुवारको अध्यक्षतामा भएको थियो ।
प्रत्येक वर्ष छुट्टा छुटै वडाहरूमा रनिङ शिल्ड प्रतियोगिता संचालन गरेर वडा स्तर सम्म खेलमैदान लगायत खेलकुदका संरचण तयार पार्न लागि परेको यो पालिकाले जिल्लाका अन्य स्थानीय तह भन्दा निकै राम्रो बजेट विनियोजन गरेर खेलकुदलाई संचालन गरेको गाउँपालिका शिक्षायुवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाले जानकारी दिए ।
उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुकास्थलीको धोबीटार खेल मैदानमा ७ वटै वडाका २४२ जना छात्र छात्राले विभिन्न १२ विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए ।



