रामेछापमा नेपाली कांग्रेसको १५औँ नियमित जिल्ला अधिवेशनका लागि विभिन्न समिति र संयोजकहरू चयन

रामेछाप, मङ्सिर ०३, नेपाली कांग्रेस रामेछापको १५औँ जिल्ला अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि विभिन्न समिति र संयोजकहरू गठन गरिएको छ। जिल्ला संयोजक जीत बहादुर मगरको अध्यक्षतामा बसेको बैठकले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति र स्थानीय तहगत संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरेको हो।
प्राप्त जानकारी अनुसार मिति २०८३/०८/१४ गते १५औँ नियमित जिल्ला अधिवेशन गर्ने गरी समिति र संयोजकहरू गठन गरिएको छ।
गठन गरिएका उपसमितिहरू र संयोजकहरू:
- प्रचार प्रसार समिति संयोजक: श्री राम कृष्ण खड्का
- आर्थिक व्यवस्थापन संयोजक: श्री रमेश खड्का
- मञ्च तथा भोजन संयोजक: श्री झनक बहादुर श्रेष्ठ
- स्वयंसेवक संयोजक: श्री ऋषिवि थापा मगर
- आवास व्यवस्थापन संयोजक: श्री दिनेश कुमार घिमिरे
स्थानीय तहगत संयोजकहरू:
- उमाकुण्ड गाउँपालिका संयोजक: श्री जीत बहादुर कटुवाल
- गोकुल गंगा गाउँपालिका संयोजक: श्री चन्द्र बहादुर सुनुवार
- लिखु तामाकोशी गाउँपालिका संयोजक: श्री संजय तामाङ
- रामेछाप नगरपालिका संयोजक: श्री ऋषिबि थापा मगर
- मन्थली नगरपालिका संयोजक: श्री अबिराज खड्का
- दोरम्बा शैलुङ गाउँपालिका संयोजक: श्री कृष्ण घिसिङ
- सुनापति गाउँपालिका संयोजक: श्री सुरेन्द्र कुमार घिसिङ
- खाँडादेवी गाउँपालिका संयोजक: श्री सुजन ढुङ्गेल
अधिवेशनलाई सफल बनाउन तोकिएका संयोजकहरूको नेतृत्वमा तयारीका कामहरू तीव्र पारिने कांग्रेस रामेछापले जनाएको छ।



