Trending

दोरम्बा शैलुङमा छैठौ राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलको पहिलो दिनमै कण्ठेस्वर मा बि लाई ९ स्वर्ण,

रामेछाप– दोरम्बा शैलुङ गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तर्गत गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने छौठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार देखि सुरु भएको हो । दोरम्बा शैलुङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजान मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले विगत देखि संचालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खेलकुद प्रति रुची बढाउन, शारीरिक र मानसिक रूपमा समेत विकास पुग्ने बताए । उनले खेलकुदको माध्यमबाट गाउँपालिकाको प्रतिष्ठा बढाउने र सामाजिक एकता कायम गर्नमा समेत सहयोग पुग्ने धारणा राखे । अध्यक्ष तामाङले गाउँपालिकालाई खेलकुदको माध्यमबाट गाउँपालिकाको नाम समेत चिनाउने हुँदा खेलकुद क्षेत्रलाई गाउँपालिकाले महत्त्वका साथ लिने बताए । डडुवामा खेललाई आन्तरिक पर्यटन पर्वद्द्नमा समेत सहयोग पुग्ने उद्देश्यले गाउँपालिका अन्तर्गत यस वडामा प्रतियोगिता गरिएको बताए ।
त्यस्तै उपाध्यक्ष खमला थापामगरले दोरम्बा शैलुङ गाउँपालिकाले खेलाडिहरुको लागी, खेलकुदको क्षेत्र बिकासका लागी लगानी गर्ने र आगामी दिनमा खेल क्षेत्रका लागि पालिकाले सहयोग गर्ने भनाइ राखिन् ।
त्यस्तै कार्यक्रममा दोरम्बा गाउँपालिका वडा नं १ का वडाध्यक्ष प्रेम कुमार लामा , वडा नं ४ का वडाध्यक्ष श्यामलाल घिसिङ, वडा न ३ सन्तलाल थापामगर, वडा नं ५ का वडाध्यक्ष गङ्गा बहादुर तामाङ, वडा नं ६ का वडाध्यक्ष टीका प्रसाद गौतम, वडा नं ७ का वडाध्यक्ष प्रविन कुमार मोक्तान लगायत, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन पश्चात् मार्च पास र नृत्य प्रतियोगिता भएका थिए भने कराते, तेकन्दु, महिला तर्फको सर्ट फुर्ट, लम्जङ खेलका विधाहरु सम्पन्न भएका छन् । प्रतियोगितामा खेलमा १० वटा मा वि सहभागी भएका छन् । खेलमा विद्यार्थी खेलाडीहरूले ३६ स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजान मगरले जानकारी दिए ।

त्यस्तै उद्धघाटनको पहिको दिन भएको खेलमा कराते, तेकन्दु, महिला तर्फको सर्ट फुर्ट, लम्जङ खेल भएको छ । प्रतियोगितामा कण्ठेस्वर मा बि ९ स्वर्ण, भिमेस्वर मा बि ५ स्वर्ण, कालिका मा बि ले ३ स्वर्ण, अन्तरास्ट्रिय मा बि ३ स्वर्ण, सेतेदेवी मा बि ले १ स्वर्ण र सन्जिवनी मा बि १ स्वर्ण पदक प्राप्त गरेका अध्यक्ष मगरले जानकारी दिए । प्रतियोगिता सुर्के देउराली माध्यमिक बिधालय शैलुङ गाउँपालिका वडा न १ डडुवामा संचालन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button