Trending

रास्वपाको बदर मतलाई कर्मचारीले ‘सदर’ मान्दा रोकिएको गणना पुनः सुरु

रामेछाप । रामेछापमा जारी मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बदर भएको मतलाई गणनामा खटिएका कर्मचारीले सदर गरेको भन्दै विवाद उत्पन्न भएको थियो। विवादका कारण केही समय रोकिएको मतगणना मुख्य निर्वाचन अधिकृतको जाँचबुझपछि पुनः सुचारु भएको छ।

मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा परेको स्पष्ट बदर मतलाई गणना टोलीका कर्मचारीले सदरको सूचीमा राखेपछि अन्य राजनीतिक दलका प्रतिनिधिहरूले तत्कालै विरोध जनाएका थिए। कर्मचारीले त्रुटीपूर्ण ढंगले मतलाई सदर मानेको भन्दै दलका प्रतिनिधिहरूले नाराबाजी गरेपछि गणना कार्य स्थगित भएको थियो।

स्थिति तनावपूर्ण बन्दै गएपछि मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल आफैँ मतगणना स्थलमा पुगेर विवादित मतपत्रको जाँच गरेका थिए। जाँचका क्रममा उक्त मतपत्र नियमअनुसार ‘बदर’ नै भएको पुष्टि भयो। अधिकृत नेपालले कर्मचारीबाट भएको कमजोरी स्वीकार गर्दै उक्त मतलाई बदरकै सूचीमा राख्ने निर्णय गरेपछि दलहरूबीच सहमति जुटेको हो।

 विवाद सुल्झिएसँगै रोकिएको मतगणना अहिले पुनः सुचारु भएको छ। मुख्य निर्वाचन अधिकृतले आगामी दिनमा यस्ता प्राविधिक त्रुटी हुन नदिन र पूर्ण सतर्कता अपनाउन गणनामा खटिएका कर्मचारीहरूलाई निर्देशन दिएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button