Trending

पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास राख्ने नेता- महेश कार्की

मन्थली । रामेछापको मन्थली नगरपालिका–५ (तत्कालीन सुनारपानी गाविस) मा जन्मिएका महेश कार्की पछिल्लो समय नेपाली कांग्रेसको स्थानीय राजनीतिमा प्रभावशाली र परिचित नामका रूपमा उदीयमान बनेका छन्। पेशाले शैक्षिक परामर्शदाता रहेका कार्की लामो समयदेखि सामाजिक सेवा र राजनीतिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका हुन्।

शालीन स्वभाव, परिपक्व व्यवहार र सबैसँग सहज घुलमिल हुन सक्ने शैली कार्कीको मुख्य राजनीतिक पहिचान बनेको छ। युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म समान पहुँच र सम्बन्ध कायम राख्न सफल कार्कीलाई स्थानीय कार्यकर्ताहरूले आफ्नो मुख्य ‘सारथि’ र अभिभावकका रूपमा लिने गरेका छन्।

राजनीतिमा पदभन्दा पनि संगठन सुदृढीकरण र सामाजिक रूपान्तरणलाई मुख्य ध्येय बनाउनुपर्ने धारणा कार्कीको छ। «कांग्रेसमा राजनीति गर्नुको अर्थ पद प्राप्ति मात्र होइन, संगठन र समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बन्नु हो,- कार्की भन्छन्।

रामेछापमा नेपाली कांग्रेसभित्र धेरै आकांक्षी रहे पनि कार्कीको राजनीतिक कार्यशैली फरक र सर्वस्वीकार्य रहेको उनका सहकर्मी तथा कार्यकर्ताहरू बताउँछन्। आफू मात्र अघि बढ्नेभन्दा नयाँ पुस्ता र कार्यकर्तालाई अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने भएकाले उनीप्रतिको भरोसा र आकर्षण बढेको देखिन्छ।

उनि कार्यकर्तालाई अप्ठ्यारो पर्दा साथ दिने र अभिभावकीय भूमिका निर्वाह गर्ने नेता हुन् । आफ्नो राजनीतिक यात्रालाई व्यक्तिगत महत्त्वाकांक्षा भन्दा संगठन निर्माण र जनसेवासँग जोडेर अघि बढाउने कार्की बताउँछन्। रामेछापको कांग्रेस राजनीतिमा नयाँ नेतृत्व र रूपान्तरणको खोजी भइरहेका बेला कार्कीको बढ्दो सक्रियता र उम्मेदवारीलाई कार्यकर्ताको तीव्र दबाब एवं बलियो संगठन निर्माणको प्रयासका रूपमा हेरिएको छ।

कार्कीले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि खूला तर्फ उम्मेद्वारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button