समाचार

  • चार दीन देखी न्याय माग्दै अनसनमा बिनु, प्रशासनले भन्यो हामी न्याय दिन सक्दैनौँ


    चार दिन देखि बिनु यादव (कठायत ) अनसनमा छिन । जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा शुक्रवार देखि बिनु यादवको अनसन जारी छ । उच्च अदालतले गरेको फैसलालाई व्यवहारमा लागु गरिदिनु भन्ने माग राखेर प्रशासनको गेटमा आफू आमरण अनसनमा बसेको उनको भनाई छ ।समय–मंगलवार ४ बजे तिर । तीन दिन सम्म अनेक छलफल गरेर निचोड पत्र सहित रामेछापकी प्रमुख जिल्ला अधिकारी…

    Read More »
  • रामेछाप अस्पतालमा आइसियु सेवा सुरु


    रामेछाप । जिल्ला अस्पताल रामेछापले पहिलो पटक (आइसियु) इन्सेन्टिप केयर युनिट सेवा सुरु गरेको छ । डाइलसिस्, अक्सिजनको थप सेवा दिँदै आएको अस्पतालले २ बेडको आईसियू सेवा सञ्चालनमा ल्याएको छ ।गत आइतबार बाट सेवा संचालनमा आए सँगै बिरामीको आईसियूबाट उपचार समेत सुरु गरेको अस्पतालका सूचना अधिकारी रवीन्द्र चौधरीले बताए । यस सेवा संचालनमा आउनु धेरै महत्पूर्ण रहेको र जिल्ला बाहिर…

    Read More »
  • रामेछापका गाईपालक पुगे सिन्धुली प्रशासनमा


    रामेछाप । रामेछाप दुग्ध सहकारी संस्थाले ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेका छन् । संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गाईपालक कृषकहरूको परालको भूषा ढुवानीमा सिन्धुली प्रशासनले लगाएको सिन्डीकेड खारेजीको माग सहित आइतबार सिन्धुली प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी भरत खनाल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।पछिल्लो समयमा मन्थली र आसपासको क्षेत्र दूध उत्पादनमा आत्मनिर्भर भए सँगै…

    Read More »
  • खाँडादेवी गाउँपालिकामा मेडिकल ड्रोन र मोबाइल अस्पताल संचालन हुँदै


    रामेछाप । खाँडादेवी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन लागेको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । पालिकाले गाउँ गाउँमा छिटो र छरितो तरिकाले मेडिकल ड्रोन र मोबाइल हस्पिटल संचालन गर्न लागेको श्रेष्ठले बताएका हुन् ।नेपालका वैज्ञानिक महावीर पुनले नेपालमै नेपाली विद्यार्थीले उत्पादन गरेको मेडिकल ड्रोन पालिकाले कुरेर बसेको उनले बताए । उनले भने – बाहिरी देशमा ६–७ लाख पर्ने ड्रोन…

    Read More »
  • रामेछापका ६४ वटै वडामा एकसाथ ‘समुदायमा काँग्रेस’ अभियान


    रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले समुदायमा काँग्रेस अभियान संचालन गर्ने भएको छ । काँग्रेस रामेछापको मन्थलीमा सम्पन्न २३ औँ पूर्ण बैठकले “समुदायमा काँग्रेस“ अभियान संचालन गर्ने निर्णय गरेको हो ।काँग्रेस रामेछापले यही माघ १६ गते समुदायमा काँग्रेस अभियानका संचालन गर्ने भएको हो । काँग्रेस रामेछापले ६४ वटै वडामा एकसाथ सो अभियान संचालन गर्ने भएको छ । सोमबार…

    Read More »
  • लहरे माने अलपत्र


    रामेछाप । सुनापति गाउँपालिकामा निर्माणाधीन लहरे माने अलपत्र अवस्थामा छ । २०७८ सालदेखि निर्माणाधीन लहरे माने संघीय सरकारको तर्फबाट ७० प्रतिशत र स्थानीय तह बाट ३० प्रतिशतको लगानीमा सुरु गरिएको थियो । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले संघीय सरकारबाट रु २ करोड ८० लाख र स्थानीय तहबाट १ करोड २० लाख गरी कुल ४ करोड लागतमा लहरे माने ठेक्का…

    Read More »
  • चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम


    रामेछाप । रामेछापबाट चीनको बोर्डर सम्म सुरुङ मार्ग विस्तार गर्न सके रापेछापेली नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने संघीय सांसद एंवम् नेपाल सरकारको अर्थ समिति सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने बृहद रामेछाप महोत्सवको समापन कार्यक्रममा सांसद कान्छारामले भने – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेबाट जिरी नगरपालिका वडा नं. १…

    Read More »
  • मेलमिलापकर्ताहरूका लागी पुनर्ताजगी तालिम


    रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले सामुदायिक मेलमिलापकर्ताहरूका लागी पुनर्ताजगी तालिम संचालन गरेको छ । गाउँपालिकाको न्यायिक समितिले वडा स्तरका मेलमिलापकर्ताहरूलाई माघ ५,६ र ७ गते पुनर्ताजगी तालिम दिएको हो ।गाउँपालिकाकी कानुनी सहजकर्ता प्रतिमा मोक्तानका अनुसार मेलमिलापकर्ताको रूपमा काम गरिरहेका २५ जनालाई तालिम दिएको हो । उनले भनिन् – स्थानीय स्तरका विवादहरू स्थानीय स्तरमै मेलमिलापका माध्यमबाट समाधान गर्न मेलमिलाप कर्ताहरूले आफ्नो…

    Read More »
  • वृहत् रामेछाप महोत्सवको आज समापन, ५० हजार बढिले गरे अवलोकन


    रामेछाप । वृहत् रामेछाप महोत्सव माघ ७ गते आइतबार (आज) समापन हुँदै छ । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ संचालन भएको वृहत् रामेछाप महोत्सव – २०८० समापन प्रतिनिधि सभा सदस्य माननीय पूर्णबहादुर तामाङ कान्छाराम’ बाट हुने भएको आयोजक रामेछाप उद्योग वाणिज्य संघले जानकारी दिएको…

    Read More »
  • बाम्तीमा सार्वजनिक सुनुवाइ सम्पन्न


    रामेछाप । सुशासन, पारदर्शिता र जबाफदेहीताका लागि उमाकुण्ड गाउँपालिका वडा नं २ को वडा कार्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७९। ८० को योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको वडा नं २ ले आज वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरेको हो ।सार्वजनिक सुनुवाइ कार्यक्रममा गत वर्षका सम्पूर्ण…

    Read More »
Back to top button