समाचार
ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने छ : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ धेरै जसो अस्पतालहरुले कमिसनको चक्करमा…
Read More »नजरबन्दबाट उम्किए दुर्गा प्रसाईं, प्रहरीको स्कर्टिङमा पुर्याईयो सिफल
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न पुगेका हुन् । उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफल पुर्याईएको हो । प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । कार्यक्रम स्थलमा…
Read More »जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र कास्कीबाट १२ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।…
Read More »लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राख्नुपर्ने – प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताए । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ‘प्रहरी कर्मचारी…
Read More »मेलम्चीको पानी स्थायी रुपमा काठमाडौं ल्याउन अझै ४ वर्ष लाग्ने
काठमाडौं । काठमाडा उपत्यकाको खानेपानी आवश्यकता पूरा गर्न महत्त्वपूर्ण ठानिएको मेलम्ची खानेपानी आयोजना अझै केही वर्ष लम्बिने भएको अधिकारीहरूले बताएका छन्। मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण आयोजनाको मुहान सार्नुपर्ने देखिएपछि यस्तो स्थिति आइलागेको हो। एशियाली विकास बैंकले हालै गरेको एक अध्ययनले खोलाको पानी ल्याउन बनाइएको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने…
Read More »जीवित श्रीमानको मृत्यु दर्ता गरी भत्ता लिने महिला र सचिवविरुद्ध मुद्धा दायर
काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा श्रीमान् जीवितै हुँदै श्रीमानको मृत्यु दर्ताको किर्ते कागज बनाई एकल महिला भत्ता खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने सचिव विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालत काठमाडौँमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति सार्वजनिक गरेका थिए ।विज्ञप्तिका अनुसार मन्थली नगरपालिका वडा…
Read More »नेतालाई पेस्तोल पड्काउन दिए पछी निलम्बनमा परे असई
धनगढी । बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन् । उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए । सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी…
Read More »बर्दियाको गुलरियामा आगलागी, चार जनाको मृत्यु
बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ…
Read More »देशको अर्थतन्त्रमा बागमतीको दबदबा, राष्ट्रिय जीडीपीमा ३६.७ प्रतिशत योगदान
युवराज श्रेष्ठ काठमाडौं । देशको कुल अर्थतन्त्रमा बागमती प्रदेशको प्रभाव सबैभन्दा बलियो देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (पीजीडीपी) अनुमानअनुसार बागमती प्रदेशले एक्लै राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३६.७ प्रतिशत योगदान दिएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको…
Read More »देउसी भैलो खेल्ने समय तोकेर सुरक्षाको दायित्वबाट पन्छियो प्रशासन
रामेछाप । लक्ष्मीपूजाको दिन देखि पहिले पहिले रात भर दिन भर भैलो खेल्ने गरिन्थ्यो । गोबर्द्धनपूजाको दिन देखि एकादशी सम्म देउसी खेलिन्थ्यो । तर अचेल तिहार लागेसँगै जिल्ला प्रशासन कार्यालयहरूले सूचना निकालेर देउसी भैलोको लागि समय तोक्ने काम गरिरहेका छन् । सुरक्षाको कारण देखाउँदै अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने नियम लगाएका छन् ।…
Read More »