गन्तब्य

  • आगलागी पीडितलाई कपडा वितरण


    रामेछाप । रामेछाप नगरपालिका वडा नं. ९ राताटारका आगलागी पीडितहरूलाई कपडा वितरण गरिएको छ । रामेछाप नगरपालिकाकी नगर उपप्रमुख बालकुमारी कार्कीको हातबाट पीडितहरूलाई कपडा वितरण गरिएको हो ।आगलागी पीडित ११ परिवारका बालबालिकाहरूको लागी टिसर्ट र ट्रायक सुट वितरण गरिएको छ भने २१ जना महिलाहरूको लागी धोती, चोलो र पेटिकोट वितरण गरिएको नगर प्रवक्ता समीर कार्कीले बताए ।नेपाल तरुण दलका केन्द्रीय…

    Read More »
  • पहिलो पटक मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर


    रामेछाप । जिल्लामै मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच गराउन पाउँदा सेवाग्राही खुसी भएका छन् । शिविरमा निःशुल्क, छिटो र राम्रो सेवा पाइएको रामेछाप नगरपालिका–३ का सेवाग्राही सन्तोषकुमार प्रधानले बताए । यस्ता स्वास्थ्य शिविरहरू गाउँगाउँसम्म लैजानु पर्ने उनको भनाइ छ । रामेछाप जिल्लामा मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक हो ।एकदिने शिविरमा ३ सय ५० जनाको स्वास्थ्य…

    Read More »
  • लिखु गाउँपालिकाको अध्यक्ष कप पुरुष तर्फ चम्पादेवी र महिला तर्फ आमचोक गाउँपालिकाको पोल्टामा


    ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा सम्पन्न पालिका स्तरिय अध्यक्ष कप २०८० भलिबल प्रतियोगिता पुरुष तर्फको चम्पादेवी गाउँपालिका ओखलढुंगा र महिला तर्फ उपाधि भोजपुरको आमचोक गाउँपालिकाको पोल्टामा परेको छ । त्यस्तै पुरुष तर्फ फाईनल खेलमा आयोजक लिखु गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका रामेछाप र चिशंखुगढी गाउँपालिका ओखलढुंगा क्रमशः दोस्रो, तेश्रोे र सान्त्वना भएको छन् । भने महिला तर्फ फाईनल खेलमा सोलुखुम्बुको माप्य…

    Read More »
  • ४ दिन पछि वाक्सा भेटियो, चोरी सामान भेटिएन


    रामेछाप। जिल्लाको दोरम्बा शैलुङगाँउ पालिका वडा नं –६ ढडेन टोलको एक घरमा चोरी भएको छ । ढिलो गरी प्राप्त समाचार अनुसार सो वडाको बेन वहादुर थापा मगरको घरमा यहि फागुन २८ गते राति चोरी भएको हो ।पिडित मगरका अनुसार घरमा कोहि नभएको मौका छोपी घर भित्रको बाक्सा र लता कपडा चाेरी भएकाे छ ।वाक्सा भित्र ६० हजार नगद रु १५…

    Read More »
  • अनेरास्ववियुको आयोजनामा निबन्ध लेखन प्रतियोगिता


    रामेछाप । जिल्लाको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको आयोजनामा संचालन भएको प्रतियोगितामा १३ जना छात्रछात्राहरु सहभागी भएका थिए । निबन्ध लेखनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेहरु क्रमशः विनीता श्रेष्ठ, मनीषा बुढाथोकी, रोज तामाङ र अस्वीन पौडेले त्रमशः ३ हजार, २ हजार,…

    Read More »
  • आगलागि पीडितहरुको उद्धारका लागि सहयोग जुटाउदै जिल्ला विपद् ब्यवस्थापन समिति


    रामेछाप । रामेछापको रामेछाप नगरपालिका–९ को राताटारका आगलागि पीडितहरुको उदरका लागि जिल्लाका सवै निकायहरुले एक जुट भएर सहयोग गर्नै भएका छन् । शनिवार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले वोलाएको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकका अवसरमा सहभगि सदस्यहरुले उक्त घटनालाई साझा घटनाको रुपमा ग्रहण गर्दे पीडित परिवारका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।बिहीबार दिउँसो लागेको आगोका कारण रातटारका १२…

    Read More »
  • मन्थलीमा पहिलो पटक प्रदेश भरिका होटल व्यवसायी


    रामेछाप । होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले जिल्लाको मन्थलीमा पहिलो पटक प्रदेश भरिका होटल व्यवसायीहरूलाई भित्र्याएर कार्यक्रम गरेको छ । संघले चौथो साधारण सभालाई अवसर बनाएर रामेछापको सदरमुकाम मन्थलीको तीनलाल पार्कमा होटल व्यवसायी जम्मा गरेको हो ।संघले मन्थलीमा आयोजना गरेको कार्यक्रमले आन्तरिक पर्यटनको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने संघीय सांसद एवम् कार्यक्रमका प्रमुख अतिथि पूर्णबहादुर तामाङ (कान्छाराम) बताए…

    Read More »
  • आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी


    रामेछाप नगरपालिका–९ राताटारबासीको खुसी छिनभरमै खरानी भयो । गत बिहीवार सोही वडाको हर्देनी सामुदायिक बनबाट बस्तीमा पसेको आगोको झिल्कोसँगै राताटारवासीमाथि बज्रपात भयो । छिनभरमै बस्ती खरानीमा परिणत भयो । सिङ्गो गाउँमा सन्नाटा छायो । आगोको मुस्लोले हेर्दाहेर्दै थलोमा बाँधिएका पशु चौपायाहरूको प्राण लियो । पशु चौपाया बाँधिएका थलो वधशालामा परिणत भयो ।खरकै छानोलाई टिनमा बदल्ने सपना बोकेर पैसा बटुल्दै राखेका…

    Read More »
  • पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको क्षेत्रमा सहयोग गर्न तयार छु : कान्छाराम


    रामेछाप । पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको चौथो साधारण सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य कान्छारामले पर्यटन प्रवर्द्धनमा होटेल व्यवसायीको भूमिकाले महत्वपुण हुने भएको हुदाँ मैले कहाँ गएर के गर्नु पर्छ सहयोग गर्न तयार छु ।…

    Read More »
  • ‘प्रचण्ड धोकेबाज हुन्’–राणा


    रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बहानाका लागि बहाना बनाएर गठबन्धन तोडेको काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद उदय शमशेर राणाले बताए। प्रधानमन्त्री दाहालले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएका थिए । काँग्रेसले विवादित मन्त्रीहरू परिवर्तन गर्न खोजेको पनि थियो । तर उनले एक्कासि गठबन्धन टुटाए– राणाले भने ।उनले भने –अहिले बनेको मन्त्री मण्डलमा झन् विवादित मन्त्रीहरू छन् ।…

    Read More »
Back to top button