ब्यानर न्युज
प्रदेशलाई पूर्ण अधिकार नदिँदा संघीयता कार्यान्वयनमा आउन सकेन ः मन्त्री खड्गी
संघीय सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार नदिँदा गर्न सक्ने जति काम गर्न नसकिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गीले बताएकी छिन् । पूर्ण अधिकार नपाउँदा प्रदेशले सोचे अनुसारका कामहरू गर्न नसकेको उनको भनाइ छ । उनले भनिन् “हुन त प्रदेश संरचना बनेको ७ वर्ष भइसक्यो । तर अझै प्रदेशहरूले संरचना अनुसारका पूर्ण अधिकार पाउन सकेका छैनन् । जसका…
Read More »२८ फिट अग्लो शिवको मुर्ति शिलान्यास
रामेछाप । जिल्लाको सुनापति गाउपालिका वडा नम्बर ३ र ५ को संगम स्थल सुनापति डाँडामा शिवको मुर्ति सिलान्यास भएको छ । सुनापति डाँडा निर्माण हुन लागेको २८ फिट अग्लो शिवको मुर्ति शिलान्यास गाउँपालिका अध्यक्ष ठुलाे कान्छा तामाङले गरेका थिए । मंगलबार मुर्ती शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले रामेछाप जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा चिनाउन गाउँपालिकाले पर्यटन प्रबर्द्धनमा मुख्य…
Read More »संरक्षणको पर्खाईमा चिसापानी गढी
नवराज पथिक , रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा बसेको छ । राज्यको तर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानी गढी ओझेलमा परेको छ ।अङ्ग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुली गढीको सहायक गढी रामेछापको चिसापानी गढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ ।नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान…
Read More »मन्थली नगरको ’ड्रिम प्रोजेक्ट’, लक्ष भन्दा उल्टो बाटोमा
रामेछाप । मन्थली नगरपालिकाको भर्खरै सम्पन्न हिउँदे अधिवेशनमा अधिवेशनका निर्णयमा भन्दा बढी चर्चा तीनलाल पार्कको विषयमा भएको छ ।मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको पालामा सुरु गरिएको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क अहिले मन्थली पार्क इन प्राइभेट लिमिटेड नामबाट सञ्चालनमा छ । नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र…
Read More »गुनासोको पोको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीलाई
रामेछाप । जिल्लामा पशु सेवा कार्यालय नहुँदा समस्या भएको गुनासो रामेछापका उद्योगी तथा व्यवसायीहरूले गरेका छन् । आइतबार सदरमुकाम मन्थलीमा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।जिल्लामा पशु सेवा कार्यालय नहुँदा पशुपन्छी जन्य उद्योगहरू स्थापना गर्न, पशुपन्छीको निकासी पैठारी र बिक्री वितरण अनुमतिका लागि विभिन्न…
Read More »अनलाइन मार्फत नागरिकताको सिफारिस सुरु
रामेछाप । रामेछापमा आइतबारबाट अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा सुरु भएको छ । नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा मन्थली नगरपालिका–८ चिसापानीबाट सुरु भएको छ…
Read More »पत्रकार महासंघ रामेछापले जारी ग¥यो १० बुँदे चिसापानी गढी घोषणापत्र
रामेछाप । नेपाल नेपाल पत्रकार महासंघ रामेछापले रामेछापको ऐतिहासिक चिसापानी गढीबाट १० बुँदे चिसापानी गढी घोषणापत्र जारी गरेको छ । अङ्ग्रेज सेना विरुद्धको लडाइँमा पृथ्वीनारायण शाहको सेनाले बनाएको हालको मन्थली नगरपालिका–८ को चिसापानी गढीबाटबाट पृथ्वी जयन्तीकै दिन शनिबार सो घोषणापत्र जारी भएको हो । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिका–८ का वडाध्यक्ष एवं मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठ, नेपाल…
Read More »सरकारी वनकै रुख हुन्छन् किनवेच
रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानका सरकारी वनहरुमा रहेका रुख तथा घाँसहरु व्यक्तिहरु विच किनबेच हुने गरेका छन् ।जिल्लाका दुर्गम गाउँका घना जंगलहरुमा रहेका रुख तथा घाँसहरु स्थानीय टाठाबाठाहरुले कव्जा गरेर विक्रि गर्ने गरेका हुन् । जंगलको विचमा सानो टुक्रा जमिन आफ्नो नाममा नापी गराएका स्थानीय टाठाबाठाहरुले त्यहि नापी गराएको जमिनको वरिपरीको ठुलो क्षेत्रलाइ कब्जा गरेर गाउँकै कमजोर आर्थिक अबस्था…
Read More »मन्थली नगरपालिकाको ६ महिनामा वित्तीय प्रगति २७.९९ प्रतिशत
रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै भएको छ ।शुक्रवार सम्पन्न भएको नगरको विधान अधिवेशन एवं १६ औँ नगर सभामा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले यसबारे जानकारी गराए । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि पुस २४…
Read More »रामेछाप नगरपालिकाको वित्तीय प्रगति १८.४ प्रतिशत
रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ र पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५ हजार ८ सय २८ गरी जम्मा रु ७६ करोड ८८ लाख ६९ हजार ५ सय ४१ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १२ करोड ८७ लाख ४४…
Read More »