ब्यानर न्युज
गोकुलगंगा गाउँपालिकाको चालु खर्च ३५.७२ प्रतिशत
रामेछाप । रामेछापको गोकुुलगंगा गाउँपालिकाको गाउँ सभा तथा १६ औँ अधिवेशन बुधवार सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले चालु आर्थिक वर्षको हालसम्म भएको कामहरूको प्रगति बारेमा जानकारी गराए ।उनले चालु आवको पाँच महिनामा भएको कामहरूको बारेमा गाउँ सभामा जानकारी गराए । चालु आवको कुल विनियोजित रकम रु ५४ करोड ५६ लाख १४…
Read More »रामेछापका विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनिय
रामेछाप । रामेछापका विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनिय देखिएको छ । शुक्रबार मन्थलीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत कार्यालयको प्रतिवेदनका आधारमा जिल्लाका सबैजसो कार्यालयको विकास बजेट खर्चको अवस्था दयनिय देखिएको हो । सो क्रममा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यालयको बार्षिक वजेट सँगै साउन महिना देखि हालसम्म गरेका काम, उपलब्धि र काम गर्दाको बाध्यात्मक अवस्था र ब्यहोर्नु पर्ने चुनौतीका बारेमा…
Read More »सकियो कृषि तथा लघु उद्यम प्रदर्शनी
रामेछाप । मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला बुधवार सम्पन्न भएको छ । दुई दिने मेलाको मंगलवार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले उद्घाटन गरे, बुधवार समापन गरे ।५३ वटा स्टल रहेको प्रदर्शनीमा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फलफूल, कन्दमूल लगायतका उपज…
Read More »प्याब्सन’ रामेछापको अध्यक्षमा दोहोरिए तिमल्सिना: सामाजिक उत्तरदायित्वमा सधैँ चुक्यो प्याब्सन
रामेछाप । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रामेछापको अध्यक्षमा केशव तिमल्सिना दोहोरिएका छन् । कर्कला देवी बोर्डिङ स्कुलका प्रिन्सिपल तिमल्सिना दोस्रो कार्यकालको लागि सर्व सहमतिमा अध्यक्षमा दोहोरिएका छन् ।बुधवार मन्थलीमा भएको प्याब्सन रामेछापको छैटौँ जिल्ला अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ । प्याब्सनको उपाध्यक्षमा तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थलीकी शिक्षिका पार्वती पाठक, सचिवमा लिटिल स्टार इङ्ग्लिस…
Read More »एसइई नतिजा सुधार गर्न स्मार्ट तयारी कक्षा
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक प्रश्चात गाउँपालिकाले एसइई परीक्षामा अधिकतम विद्यार्थी राम्रो नतिजाका साथ उत्तीर्ण गराउन तीन महिने स्मार्ट एसइई तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।एसइईमा सहभागी हुने विद्यार्थीको प्रत्येक शनिवार साप्ताहिक परीक्षा सञ्चालन गरी सिकाई…
Read More »उमाकुण्डले रोक लगायो नदीजन्य पदार्थ उत्खनन
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गर्न रोक लगाएको छ । पालिकाको लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी वातावरणलाई प्रभावित पारेको भन्दै गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो । गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागि आइइई÷इआइए प्रतिवेदन तयार नहुँदासम्म…
Read More »किसानका लागि कृषि तथा लघु उद्यम प्रर्दशनी
रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको छ । प्रर्दशनीको उद्घाटन प्रमुख अतिथि ऊर्जा ,जलश्रोत तथा सिँचाइ राज्य मन्त्री कान्छाराम तमाङ्गले पानसमा बत्ती बालेर गरे ।प्रमुख अतिथि तामाङले मन्थली नगरपालिकाले गर्न लागेको मेला तथा प्रर्दशनीले मन्थली नगरपालिकाको आर्थिक सम्वृद्धिको आधारशिला निर्माण गर्ने विश्वास व्यक्त गरे । नगरपालिकाले आफ्नै लगानीमा कृषकहरूको…
Read More »टिफरबाट खस्दा सहचालकको ज्यान गयो
रामेछाप । रामेछापको मन्थलीमा टिफरबाट खस्दा नारायण बस्नेतको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ भैशेश्वर लक्ष्मी आयल स्टोर परिसरमा तेल हाल्न टिफरको सामान मिलाउने क्रममा खस्दा सहचालक बस्नेतको ज्यान गएको हो ।मन्थली नगरपालिका–४ सालुका बस्नेत मन्थली बालुवा प्रशोधन केन्द्रको प्रदेश नं ३०१००३ क ५७६४ नम्बरको टिफरको ढालाबाट खस्दा गम्भीर घाइते भएका थिए । घाईते बस्नेतलाई उपचारको क्रममा मन्थली अस्पतालमा पुर्याईएको…
Read More »निःशुल्क तालिमले बल्यो दिलमायाको आशाको दियो
मिलन घिमिरे । रामेछाप । ।सुकिला हात, हातैभरि चुरा, आँखामा गाजल, ओठमा मन्द लिपस्टिक । जिउडाल सुहाउँदो पोसाक, बजारमा ‘फेसन’ बनेका चप्पलमा सजिएर बसेकी दिल माया । यसरी चिटिक्क परेर आफ्नै पेसा व्यवसायमा रमाउला कमाउला भनेर आज भन्दा १ वर्ष पहिले सम्म कहिल्यै सोचिनन् दिल माया थामीले । त्यो सोचुन् पनि कसरी ? दिनभर ज्याला मजदुरीमा कुद्नै फूर्सद् थिएन उनलाई।…
Read More »बजाजको अफर सुरु भएको दिन नै लक्ष भन्दा बढी मोटरसाइकल साटासाट – किनबेच
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा बजाजका मोटरसाइकल साटासाट अफर सुरु भएको दिन नै लक्ष भन्दा बढी मोटरसाइकल साटासाट तथा किनबेच भएको छ । बजाजको आधिकारिक विक्रेता स्टार अटो प्रा.ली.नयाँबजार काठमाण्डौंले बुधवारदेखि सुरु गरेको मेलामा लक्ष्य भन्दा बढी माग भएको स्टार अटो प्रा.ली.ले जनाएको छ । पौष १० देखि १५ गते सम्म सञ्चालन हुने मेलामा पहिलो दिनमै १४ वटा मोटरसाइकल बिक्री…
Read More »