समाचार
नेकपा एमाले रामेछापको अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी
रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशनको दोस्रो दिन बिहिबार उमेद्वारी दर्ता सम्पन्न भएको छ । अध्यक्षका लागि पुरुषोत्तम कडरिया र प्रेम बहादुर तामाङले उमेद्वारी दिएका छन् ।उपाध्यक्षमा होतराज ढकाल, ज्ञान बहादुर खड्का , ध्रुवकुमार कार्की र रमेश कुमार वाग्लेको उमेद्वारी परेको छ । त्यस्तै सचिवमा वर्तमान उपसचिव प्रकाश कुमार कार्की र रामबाबु घिमिरे, उप सचिवमा राजेन्द्र कुमार कार्की, दिनेश…
Read More »काँग्रेस र एमालेको एजेन्डा मिल्दैन : विष्णु पौडेल
काँग्रेस र एमालेको एजेन्डा नमिल्ने भएकोले काँग्रेससँग सरकारमा सहकार्य हुन नसक्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्पष्ट पारे । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले पनि काँग्रेसलाई बाँकी कार्यकाल सरकार बाहिर बसेरै भएपनि सहयोग गर्न आग्रह गरे । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार मन्थलीमा सम्बोधन गर्नै क्रममा पौडेलले उक्त धारणा व्यक्त…
Read More »सुनकोशी–मरिण डाइभर्सनले अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रू’ गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । ’यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली उत्पादन हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ’आज सुरूङको ‘ब्रेक– थ्रू’ भएको छ,…
Read More »फर्पुमा दोस्रो वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु
रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा दोस्रो वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । फर्पुको खेल मैदानमा मङ्गलवारबाट सुरु भएको खेलको उद्घाटन गाउँपालिका प्रमुख काजी बहादुर खड्का (दिनेश) ले गरेका हुन् । आगामी दिनमा खेलकुद क्षेत्रको प्रोत्साहनका लागी क्रमिक रूपमा महत्वका साथ राखेर युवा पुस्ता तथा खेलाडीहरूका लागी विशेष कार्यक्रम बनाउने प्रतिबद्धता अध्यक्ष खड्काले गरे।वडाध्यक्षले…
Read More »काकाकुल ठुली मदौमा खानेपानीको उद्घाटन ,२ सय १७ घर लाभान्वित
रामेछाप। रामेछाप जिल्ला मन्थली नगरपालिका ३ ठुली मदौ लिफ्ट सामुदायिक खानेपानी आयोजनाको उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन संविधान सभाका सदस्य तथा बागमती प्रदेशका सदस्य तारा नारायण श्रेष्ठले गरे ।बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेलले १० बजे उद्घाटन गर्ने भनेर पत्राचार गरिएको भए पनि अन्तिममा मुख्य मन्त्री अस्वस्थ भएर सुनकोसी गाउँपालिका बाटै उपचारका लागि काठमाडौँ फर्किएको सूचना आएपछि उक्त योजनाको…
Read More »रामेछाप अस्पतालमै बालबालिकाको उपचार
रामेछाप । रामेछाप अस्पतालले बाल बालिकाको उपचार सुरु गरेसँगै आफ्नो बालबालिकाको उपचारका लागी सहरका अस्पतालमा जान पर्ने बाध्यता हटेको रामेछाप नगरपालिका वडा नं. ८ की सरस्वती भुजेलले बताइन् । उनले भनिन् – बालबच्चा बिरामी हुँदा आमालाई ठुलो पीडा हुन्छ । आफ्ना सन्तान बिरामी भए पछि अरुकेही नसोची सहर कुद्न पथ्र्यो । अब जिल्लामै उपचार हुने भयो ।स्थानीय सुधीर कार्की पनि…
Read More »सेलेघाटमा बोलेरो दुर्घटना, ३ जना घाइते
रामेछाप । जिल्लाको सेलेघाटमा बोलेरो गाडी दुर्घटना भएको छ । सोमबार अन्दाजी १२ः३० बजे मन्थली बाट सिन्धुली तर्फ जादै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । बोलेरो सडकबाट अन्दाजी २०० मिटर सडक बाट खस्दा चालक समेत ३ जना घाइते भएका छन् । घाईतेको उपचारको लागी सिन्धुलीको खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचार भइरहेको छ ।घाइते हुनेमा…
Read More »पाखा पखेरामा ड्रागन फुडको खेती
रामेछाप । काठमाडौँमा नर्सरी फार्ममा काम गरिरहेका रामबहादुर साहीले दाङमा लोकेन्द्र विष्ट मगरले ड्रागन फुडको खेती गरेको थाहा पाए । दाङ र रामेछापको हावापानी उस्तै उस्तै हो भन्ने बारे बुझे उनले । सिउँडी जस्तै जस्तै जातको ड्रागन फुड हुने भएकोले रामेछापमा पनि ड्रागन फुड खेती हुन्छ भने सोचे साहीले ।गाउँमा आफ्नो बारी बाँझो भएको सम्झिए उनले । काठमाडौँमा बिरुवासँग खेलिरहेका…
Read More »रामेछापको १५२ ठाउँमा आगलागी: ४ हजार ५ सय हेक्टर बढी वन सखाप
रामेछाप । जिल्लाका आठ ओटै स्थानीय तहका १५२ स्थानमा भएको आगलागीबाट ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ। सबै भन्दा बढी आगलागी दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५२ ओटा सामुदायिक र कबुलियत वनमा डढेलोले क्षति गरेको छ।गत चैत…
Read More »भविष्य सोचेर चिन्तित छन् माझी समुदाय
रामेछाप । सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनाको सुरुङ वैशाख २६ गते छिचोलिँदै छ । वैशाख २६ मा सुरुङ छिचोलेर सुरुङ ‘ब्रेक थ्रू’का लागि प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूलाई आयोजना स्थलमा उतार्ने अभियानको चाँजोपाँजो मिलाउने दौडधुपमा छन् आयोजना प्रमुख मित्र बराल। आयोजना प्रमुख बराललाई सुरुङ ‘ब्रेक थ्रू’ गर्ने भन्दा अरू कुनै कुरामा वास्ता छैन ।मन्थली नगरपालिका वडा नम्बर ६ (भलुवाजोर) सेलेघाट, हात्तीटार, नबुघाट,…
Read More »