समाचार

  • रामेछाप सास्कृतिक कलाकार समाज मन्थलीको अध्यक्ष बनिन निकिता चौहान


    रामेछाप । रामेछाप सास्कृतिक कलाकार समाज मन्थली नगरको प्रथम अधिबेशन तथा दोस्रो साधारणले निकिता चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मन्थलीमा शुक्रवार सम्पन्न भएको अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा भद्र थापा मगर , प्रतिमा श्रेष्ठ सचिब अनिता थापा मगर, सह-सचिब दीक्षा महत, कोषाध्यक्षमा गिता कार्की र सह-कोषाध्यक्षमा साहरा कार्की चयन भएका छन् । यस्तै…

    Read More »
  • तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री


    रामेछाप । बागमती प्रदेशका सबै कच्ची सडकहरू ३ वर्ष भित्रमा कालोपत्रे हुने बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बताए । बृहत् रामेछाप महोत्सव–२०८० को उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।उनले भने– पालिकाका प्रमुखहरूले बागमती प्रदेश सरकारले आफ्नो पालिकामा बजेट विनियोजन गरेन भनेर निराश हुनु पर्दैन । अबका दिनमा ५० लाख भन्दा मुनिका योजनाहरू स्थानीय स्तरबाटै कार्यान्वयन गर्ने गरी…

    Read More »
  • आयुर्वेद सेवा प्रवर्धन गर्न अन्तरक्रिया


    रामेछाप । आयुर्वेद सेवाको प्रवर्धन गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम बुधवार मन्थलीमा सम्पन्न गरेको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका प्रमुख नन्दन कँडेलको अध्यक्षता एवं पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।हाल सम्म जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र बाट प्रवाह भएका सेवाहरू र आगामी कार्ययोजनका बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य…

    Read More »
  • वृहत् रामेछाप महोत्सव आज देखि सुरु


    रामेछाप । वृहत् रामेछाप महोत्सव पौष २६ गते (आज) देखि सुरु हुँदै छ । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ सुरु हुने महोत्सवको उद्घाटनका लागी बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल आउँदै छन् ।मुख्यमन्त्री सालिकराम जम्कट्टेलले दिउसो ११ बजे वृहत् रामेछाप महोत्सव – २०८० को उद्घाटन…

    Read More »
  • मन्थली नगरपालिकाको बजेट खर्च २२ प्रतिशत मात्र


    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले २२ प्रतिशत बजेट मात्र खर्च गरेको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको १ अर्ब १३ करोड ५ लाख ४३ हजार रुपैयाँ मध्ये पुसको तेस्रो हप्ता सम्म आईपुग्दा पुँजीगत तर्फ १२ प्रतिशत र चालु तर्फ २७ प्रतिशत बजेट खर्च भएको मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले १४ औँ नगर सभामा बताए ।हाल सम्म नगरपालिकाबाट…

    Read More »
  • सबै विद्यालयमा विद्युतीय हाजिरी


    रामेछाप । जिल्लाको गोकुलंगा गाउँपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेको पालिकाकाका अध्यक्ष काजीबहादुर खड्काले प्रतिवेदन पेस गरे । उनका अनुसार पालिकामा भएका ३३ वटा सामुदायिक विद्यालयहरूमा (बाल कक्षा बाहेक) विद्युतीय हाजिरी जडानको काम सम्पन्न भैसकेको छ ।पालिकाले सबै विद्यालयहरूमा आवश्यक जनशक्तिको व्यवस्थापन गरी कक्षा १ भन्दा अगाडी के.जी. कक्षा थप गरी पठनपाठन कार्य संचालन गरेको छ ।पालिकाले कक्षा १ सम्म…

    Read More »
  • दीप बहादुर कार्की स्मृति प्रतिष्ठानले विद्यालय र विद्यार्थीलाई गर्यो सहयोग


    रामेछाप । दीप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछाप न पा का ३ वटा विद्यालयका विद्यार्थीहरूका लागि विभिन्न पुस्तक तथा न्यानो कपडा (ट्रयाक सुट सेट) वितरण गरेको छ ।प्रतिष्ठानले रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयका २६ जना र सिद्धेश्वर आधारभूत विद्यालयका २५ जना विद्यालयका विद्यार्थीलाइ खाजा प्रती विद्यार्थी रु १५ रुपैया दैनीक र ईन्टरनेट न्यानो कपडा जुत्ता…

    Read More »
  • नमुना सहकारीको साधारण सभा सम्पन्न


    ढल्केवर । धनुषा जिल्लाको ढल्केवरमा अवस्थित नमुना बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नारायण बास्तोलाको अध्यक्षतामा सञ्चालन भएको सभामा प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सभाका सदस्य माननीय हरिनारायण महतो, विशिष्ट अतिथिको रूपमा मिथिला नगरपालिका प्रमुख महेन्द्र महतो , नेपाल प्रहरी विशेष सुरक्षा गण मदेस प्रदेशका प्रमुख नरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो।बि.…

    Read More »
  • महोत्सवको तयारीले मन्थली बजार झिलिमिली


    रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारीले गर्दा मन्थली बजार झिलिमिली बनेको छ । आउँदो पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम सजाइएको हो ।महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघले मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार क्षेत्रमा तोरण टाँगेको छ । संघले बजार क्षेत्रको ठाउँ ठाउँमा…

    Read More »
  • दुग्ध सहकारीको अध्यक्षमा ध्रुवकुमार थापा


    रामेछाप । मन्थली दुग्ध सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाले ध्रुवकुमार थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिवार मन्थलीमा भएको साधारण सभाले समितिको उपाध्यक्षमा ज्ञानु खड्का कार्की, सचिवमा केशर पौडेल, कोषाध्यक्षमा विष्णु बुढाथोकी र सदस्यहरूमा निर्वतमान अध्यक्ष डुकुना घिमिरे पोखरेल, दीप कुमार थापा, किशोर पौडेल, यज्ञ प्रसाद ढुङ्गेल लगायत नयाँ कार्य समिति चयन गरेको निर्वाचन समितिका संयोजक…

    Read More »
Back to top button