समाचार
उनान्नब्बे वर्षमा नागरिकता
बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन् ।प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई बिहीबार नेपाली नागरिकता प्रदान गरे । उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण नसकेको सो वडाका वडाअध्यक्ष रमेश रावलले बताए ।वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनी नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त…
Read More »नवजागरणले प्रदान गर्यो आफ्ना सदस्यहरूलाई वित्तीय शिक्षा
रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लि., मन्थलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार आफ्ना सदस्यहरूलाई वित्तीय शिक्षा दिने तथा उनीहरूबाट सल्लाह सुझाव लिने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले मङ्गलवार खाँडादेवी गाउँपालिका वडा नं. ४ र ५ को सान्ने, भिमसेनथान र सुफुरमान टोलमा सो कार्यक्रम सञ्चालन गरेको थियो ।कार्यक्रममा संस्थाका पदाधिकारीहरू तथा सदस्यहरूको उत्साहजनक सहभागिता…
Read More »कुलमानलाई हटाएपछि सत्तारुढ दलमै असहमति
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको हो । कुलमानलाई प्राधिकरणका प्रबन्ध निर्देशकबाट हटाएसँगै सत्तारुढ दलमै असहमति देखिएको छ । सरकार संचालनमा रहेका पार्टीका शीर्ष नेताहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् ।यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कुलमानलाई बर्खास्त गर्ने प्रस्ताव लगेका…
Read More »लेखनवृत्ति प्रतियोगितामा रामेछापका थापा भए प्रथम
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेले सञ्चालन गरेको ’झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को सम्बन्धमा प्रेस चौतारी नेपालले आयोजना गरेको लेखनवृत्ति प्रतियोगितामा रामेछापका निरोज थापा प्रथम भएका छन् । प्रथम स्थान हासिल गर्न सफल थापालाई प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनको अवसरमा संस्थाले पुरस्कृत गरेको छ ।प्रेस चौतारी नेपालले थापालाई नगद पुरस्कार पच्चिस हजार सहित सम्मान पत्र द्वारा सम्मान गरेको छ ।विभिन्न…
Read More »वडा कार्यालयमै भिडियो एक्स–रे सेवा
रामेछाप । रामेछाप नगरपालिकाले वडा कार्यालयमै पुगेर भिडियो एक्स–रे सेवा प्रदान गरेको छ । रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१÷०८२ को दोस्रो चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र विकास निर्माण कार्यहरूको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा आयोजना गरेको घुम्ती शिविरमा भिडियो एक्स–रे सेवा समेत प्रदान गरेको हो ।सो भिडियो एक्स–रे सेवा २६ जनाले लिएको नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापाले जानकारी दिए ।…
Read More »रामेछाप नगरपालिकाको विकास खर्च १३ दशमलव ४५ प्रतिशत मात्रै
रामेछाप । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना बित्दा जिल्लाको रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत मात्रै भएको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो ।आईतबार नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म…
Read More »व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट पार्टीको हित हुँदैन : आनन्द श्रेष्ठ
रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले एकताले मात्र पार्टी र सङ्गठन जोगाउने बताए ।मानव अधिकार एलायन्स नेपाल रामेछापले शुक्रवार साँझ एलायन्सका केन्द्र र प्रदेश, गैरसरकारी संस्था महासङ्घ केन्द्रमा जिल्लाबाट निर्वाचित सदस्यहरू, स्ववियु निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट निर्वाचित पदाधिकारी तथा सदस्य, जिल्लाका विभिन्न सरकारी निकायमा…
Read More »मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा सुशिल थापा बिजयी
रामेछाप। मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा सुशिल थापा बिजयी भएका छन् । अनेरास्ववियुको तर्फबाट उमेदवार रहेका थापाले २०७ मत ल्याएका थिए ।नेविसंघका अध्यक्षका उमेदवार विपुल रोकालाई ५५ मतले पछि पार्दै थापा बिजयी भएका हुन् । रोकाले १५२ मत पाएका थिए भने अखिल क्रान्तिकारीका सभापति उमेदवार अनोज भुजेलले ६५ मत प्राप्त गरेका थिए । मंगलबार राति सकिएको मतगणनाअनुसार सचीवमा…
Read More »ट्रक दुर्घटना हुँदा चालक घाइते
रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा.नं. ५ नागदह घ्याङडाँडा स्थित ट्रक दुर्घटना भएको छ । सोमबार (आज) साँझ ७ बजेको समायमा मन्थली धोबी कच्चि सडक खण्ड अन्तर्गत ओखलढुंगा जिल्लाको खिजीफलाट बाट रामेछाप हुदै उदयपुर कटारी जादै गरेको ट्रक दुर्घटना भएको हो ।दुर्घटनामा परि उदयपुर जिल्ला कटारी नगरपालिका १३ घुर्मी बस्ने ट्रक चालक २६ बर्षका रुद्र बहादुर खत्री घाइते भएका जिल्ला…
Read More »छतिवनेमा फोर्स गाडी दुर्घटना ८ जना घाईते
रामेछाप । जिल्लाको लिखु तामाकोसी गा पा वडा न ६ खिम्ती छ्तउ्ने खाेला नजिक फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी अन्दाजी सोमबार बिहान १०:३० बजेको समयमा दुर्घटना भएकाे छ । बेताली बाट भारतको जयपुर जाँदै गरेको फोर्स गाडी ब्रेक फेल भैइ सडक बाट ५…
Read More »