समाचार
किसानका लागि कृषि तथा लघु उद्यम प्रर्दशनी
रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको छ । प्रर्दशनीको उद्घाटन प्रमुख अतिथि ऊर्जा ,जलश्रोत तथा सिँचाइ राज्य मन्त्री कान्छाराम तमाङ्गले पानसमा बत्ती बालेर गरे ।प्रमुख अतिथि तामाङले मन्थली नगरपालिकाले गर्न लागेको मेला तथा प्रर्दशनीले मन्थली नगरपालिकाको आर्थिक सम्वृद्धिको आधारशिला निर्माण गर्ने विश्वास व्यक्त गरे । नगरपालिकाले आफ्नै लगानीमा कृषकहरूको…
Read More »टिफरबाट खस्दा सहचालकको ज्यान गयो
रामेछाप । रामेछापको मन्थलीमा टिफरबाट खस्दा नारायण बस्नेतको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ भैशेश्वर लक्ष्मी आयल स्टोर परिसरमा तेल हाल्न टिफरको सामान मिलाउने क्रममा खस्दा सहचालक बस्नेतको ज्यान गएको हो ।मन्थली नगरपालिका–४ सालुका बस्नेत मन्थली बालुवा प्रशोधन केन्द्रको प्रदेश नं ३०१००३ क ५७६४ नम्बरको टिफरको ढालाबाट खस्दा गम्भीर घाइते भएका थिए । घाईते बस्नेतलाई उपचारको क्रममा मन्थली अस्पतालमा पुर्याईएको…
Read More »निःशुल्क तालिमले बल्यो दिलमायाको आशाको दियो
मिलन घिमिरे । रामेछाप । ।सुकिला हात, हातैभरि चुरा, आँखामा गाजल, ओठमा मन्द लिपस्टिक । जिउडाल सुहाउँदो पोसाक, बजारमा ‘फेसन’ बनेका चप्पलमा सजिएर बसेकी दिल माया । यसरी चिटिक्क परेर आफ्नै पेसा व्यवसायमा रमाउला कमाउला भनेर आज भन्दा १ वर्ष पहिले सम्म कहिल्यै सोचिनन् दिल माया थामीले । त्यो सोचुन् पनि कसरी ? दिनभर ज्याला मजदुरीमा कुद्नै फूर्सद् थिएन उनलाई।…
Read More »बजाजको अफर सुरु भएको दिन नै लक्ष भन्दा बढी मोटरसाइकल साटासाट – किनबेच
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा बजाजका मोटरसाइकल साटासाट अफर सुरु भएको दिन नै लक्ष भन्दा बढी मोटरसाइकल साटासाट तथा किनबेच भएको छ । बजाजको आधिकारिक विक्रेता स्टार अटो प्रा.ली.नयाँबजार काठमाण्डौंले बुधवारदेखि सुरु गरेको मेलामा लक्ष्य भन्दा बढी माग भएको स्टार अटो प्रा.ली.ले जनाएको छ । पौष १० देखि १५ गते सम्म सञ्चालन हुने मेलामा पहिलो दिनमै १४ वटा मोटरसाइकल बिक्री…
Read More »साढे नौ करोडको पुल शिलान्यास
सिन्धुली । गोलन्जोर गाउँपालिका स्थित घोक्सिला खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । गोलन्जोर गाउँपालिका–६ घोक्सिलामा निर्माण हुन लागेको पुलको गाउँपालिका अध्यक्ष शंकर राज बरालले सोमबार शिलान्यास गरे ।पुल निर्माण भएपछि त्यस क्षेत्रको नागरिकलाई बाह्रै महिना सहज यात्राका लागि सघाउ पु¥याउने गाउँपालिका अध्यक्ष बरालले बताए । पुलले गाउँपालिका भित्रका घोक्सिला, छेत्पा सहित वैकल्पिक मार्ग हुँदै नयाँखर्क, नाकाजोली र हैबार…
Read More »१२ सय विद्यार्थीलाई न्यानो कपडा वितरण
रामेछाप । समाज सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाएका समाजसेवी रत्नप्रसाद गौतमले रामेछाप जिल्लाको सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरे । उनले सोमबार दिउँसो विद्यालय हाता भित्र एक औपचारिक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत एक हजार २ सय विद्यार्थिहरुलाई एक–एक सेट न्यानो कपडा वितरण गरे । यस अघिका विभिन्न समय र स्थानमा पुगेर दिन दुखिलाई विभिन्न सहयोग…
Read More »५ सय बढी घरपरिवारको निशुल्क स्वास्थ्य बिमा
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले निशुल्क गरिदिएको वडाअध्यक्ष समिर कार्कीले बताए ।सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पु¥याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन्। तर सुकाजोर वडाले…
Read More »‘सिंहदरबारको अधिकार, गाउँ–गाउँमा’
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले पुस १ गते गुम्देलबाट संचालन गरेको घुम्ती शिविरमा ३ सय बढी नागरिकता र ५ सय बढी राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । ‘सिंहदरबारको अधिकार, गाउँ–गाउँमा’ भन्ने मूल नारासहित पालिकाका जनप्रतिनिधि, कर्मचारीसँग जिल्ला प्रशासन कार्यालय रामेछाप समेतको सहयोगमा सुरु गरिएको घुम्ती शिविरमा १ सय ८४ जना महिला र १ सय ३५ जना पुरुष गरी ३…
Read More »सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास
रामेछाप । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न मंगलबार रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिएको थियो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी,रेडक्रसका प्रतिनिधीहरुको सक्रियता रहेको देखाइएको थियो…
Read More »गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा
रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गरेकी हुन् । गर्भवती महिलाहरूको लागी निःशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताइन् ।अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूको संख्या बढाउन र पौष्टिक खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम…
Read More »