२८ फिट अग्लो शिवको मुर्ति शिलान्यास

रामेछाप । जिल्लाको सुनापति गाउपालिका वडा नम्बर ३ र ५ को संगम स्थल सुनापति डाँडामा शिवको मुर्ति सिलान्यास भएको छ । सुनापति डाँडा निर्माण हुन लागेको २८ फिट अग्लो शिवको मुर्ति शिलान्यास गाउँपालिका अध्यक्ष ठुलाे कान्छा तामाङले गरेका थिए । मंगलबार मुर्ती शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले रामेछाप जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा चिनाउन गाउँपालिकाले पर्यटन प्रबर्द्धनमा मुख्य काम रहेको बताए । काठमाडौ बाट नजिकको दुरि र सुनापतीबाट सानो सैलुङ ठूलो सैलुङ जान समेत नजिक हुने समेत तामाङले बताए । शिलान्यास कार्यक्रममा सुनपाती वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर थिङ, निबर्तमान वडा अध्यक्ष बाबु राम तामाङ लगाएको उपस्थिति रहेको थियो । सुनपाती गाउँपालिकाले पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उदेश्यले आ व २०८१/८२ मा कुल ४१ लाख बजेट बिनियोजन गरेको थियो । उपभोक्ता समिति द्वारा निर्माण गरिने शिवको मुर्ती संगै डाँडामा ४६ फिट अग्लो नेपालको झन्डा रहेको छ । गाउँपालिकाले १०८ लहरे माने , कोमल पोखरी, चिया बगान लगायत पर्यटकिय क्षेत्र बिस्तार गर्दै आएको छ ।



