Trending

लिखु तामाकोसीमा मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप — लिखु तामाकोसी गाउँपालिकामा मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित खेलकुद विकास समितिको आयोजनामा झट्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता प्रारम्भ भएको हो।

लिखुतामाकोशि गाउँपालिका खेलकुद बिकास समिती अध्यक्ष सुसियल तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् बागमती प्रदेश सभा सदस्य मा. तारानारायण श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदले अनुशासन, एकता र आत्मविश्वास वृद्धि गर्ने भएकाले सहभागी खेलाडीलाई उत्कृष्ठ प्रदर्शन गर्न आग्रह गरे । श्रेष्ठले आगामी दिनमा खेलकुद क्षेत्र विकासको भौतिक संरचना निर्माणको निम्ति प्रदेश सरकारको तर्फबाट बजेट बिनियोज गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
गाउँपालिका अध्यक्ष केशव महतले पालिकाका वडाहरुमा खेलकुद क्षेत्रलाई अघि बढाउन भौतिक संरचना नहुदा बिभिन्न निकाय संघ अनुनय बिनय गर्दा कतै बाट बजेट नआउँदा पालिकालेनै सामान्य बजेट बिनियोजन गरि संचालन गरेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपा पाखृङ , जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सिताराम कार्की लगाएत विभिन्न राजनीति दलका पार्टी प्रतिनिधि लगाएले खेलकुद क्षेत्रले विश्वमा नाम राख्न सक्ने हुँदा खेलाडीहरुलाई संरक्षण गर्नु सबैको दाईत्वो भएको बताए ।
उद्घाटन समारोहमा वक्ताहरूमाले सहभागी खेलाडीहरूलाई अनुशासित, मर्यादित र आत्मविश्वासी ढंगले प्रतियोगितामा सहभागी हुन सुझाव दिएका थिए।
पहिलो दिन दौड, कराते र ज्याभलिन थ्रो (भाला फ्याँक) केही खेल प्रतिस्पर्धा सम्पन्न भएको छ। उद्घाटनअघि गरिएको प्रतियोगितात्मक मार्चपासमा त्रिपुरेश्वर मावि प्रथम, झट्टेश्वर मावि दोस्रो तथा ज्यामिरेखानी मावि तेस्रो स्थान हासिल गरेका छन्।

प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा विद्यालयका खेलाडीहरुले ६६ बिधामा भाग लिई खेल संचालन भइ रहेको शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख रामसिंह डडालले बताए । विद्यालयस्तरबाटै खेलकुद प्रतिभाको पहिचान गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button