Trending
दोरम्बामा पौष ४ र ५ गते तेस्रो राष्ट्रिय कराते प्रतियोगिता हुने

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ५ दोरम्बामा तेस्रो राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । वादो कराते डोजो दोरम्बा, आई डब्लु एफ एन कराते डो संघ काठमाडौको आयोजनामा र दोरम्बा शैलुङ गाउँपालिकाको प्रायोजकमा दोरम्बा शैलुङ तेस्रो वादो कप राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । यहि पौष ४ र ५ गते हुने प्रतियोगितामा २५ वटा स्वर्ण पदको लागि प्रतिस्पर्धा हुने वादो कराते डोजो क्लबका अध्यक्ष ज्ञान बहादुर थापा मगरले बताए । क्लबले २०७४ साउन देखि निरन्तर रुपमा दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक सहयोगमा कराते प्रतियोगिता गराउदै आएको मगरले बताए ।



