GEN-Z आन्दोलनमा फरार रहेका कैदीलाई पुनः करणी मुद्दामा पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, GEN-Z आन्दोलनका क्रममा बाल सुधार गृह भक्तपुरबाट फरार रहेका एक जना कैदीलाई पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार २०८३ साल वैशाख ३१ गते दिउँसो करिब १२:३० बजे जिल्ला अदालत रामेछापबाट जबरजस्ती करणी मुद्दामा ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेका प्रतिवादी विक्रम भुजेल फरार भएका थिए। उनीमाथि १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप रहेको बताइएको छ।
भुजेललाई खोजतलासको क्रममा प्रहरीले २०८३ साल जेठ ३ गते राति करिब १२:०० बजे रामेछाप नगरपालिका–१ स्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनलाई पुनः जिल्ला अदालत रामेछापमा उपस्थित गराई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिए ।
प्रहरीले फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको भन्दै अनुसन्धान कार्य निरन्तर जारी रहेको प्रहरीले जानकारी दिएको छ।



