महिलालाई पोते बनाउने सीप तालिम

रामेछाप — रामेछाप महिला उद्यमी संघ को आयोजनामा तथा मन्थली नगरपालिका को आर्थिक सहयोगमा ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको पोते बनाउने सीप विकास तालिम आइतबार मन्थलीमा सुरु भएको छ।
तालिमको उद्घाटन गर्दै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत ले महिलाको सीप तथा क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यावसायिक रूपमा अघि बढाउन नगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताइन्।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटा ले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गरे।
त्यस्तै उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष आकाश रिजाल ले यस्ता सीप विकास तालिमले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने भएकाले गम्भीर भएर सीप सिक्न आग्रह गरे।
तालिममा ४० जना महिलाको सहभागिता रहेको छ। सात दिनसम्म सञ्चालन हुने तालिमबारे जानकारी दिँदै मेनुका खड्का महत ले महिलालाई उद्यमशीलतासँग जोड्दै आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button