नवलपरासीको दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

काठमाडौँ — पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेस्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको ओरालोमा रहेको एस मोडमा नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट नालामा पल्टिएको हो ।

प्रहरीका अनुसार बस दुर्घटनामा परेर मृत्यु हुने ६ मध्ये जाजरकोटका ५० वर्षीय निर्जुङ खत्रीको मात्रै सनाखत भएको छ । जाजरकोटको भेरीगंगा नगरपालिका–३ बस्ने खत्रीबाहेक अन्य पाँच जना मृतकको भने पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालकसहित १८ जना यात्रु सवार बस तीव्र गति र ओरालो सडकका कारण नियन्त्रण गुमाएर नालामा खसेको प्रारम्भिक अनुमान प्रहरीको छ । दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने मृतकहरूको पहिचान खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button